१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

राहतको विषय लिएर लाहान २३ मा व्यापक असन्तुष्टि, पीडितले भन्छन ‘काखा-पाखा भयो’

Logo
प्रकाशित शनिबार, बैशाख ०६, २०७७

 

मनोज बनैता, लाहान, ६,  बैशाख । कोभिड -१९ को कहरले संसारै भर हडकंप मचाएको छ । देशमा लकडाउन बैशाख १५ सम्मको लागि लम्बिएको छ ।  नेपाल सरकारले बिपन्न वर्गमा खाद्यान्न लगायतका राहत बाँडी लकडाउन को पुर्न पालना गर्नगराउन निर्देश भएको बेला सिरहाको लाहान २३ मा मान्छे हेरिहेरी राहत बाँडिएको व्यापक गुनासो आएका छन ।

दैनिक मजदुरी गरेर दुई छाँक टार्ने वर्ग मजदुरी गर्न नपाएपछि हातमुख जोड्न अप्ठ्यारोमा छन ।  सिराहाको लहान नगरपालिकाले एक करोड ३० लाख खर्च गरेको भएतापनि लागातार को गुनासोले नगरपालिकाको रवैया प्रति प्रश्न उठ्न थालेको छ ।

लाहान २३ गाढा का पीडित ले सामुहिक रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै राहत पाउने ब्यक्तिहरुको नामावली आफू खुशी तयार पारेको र सो नामावली गोप्य राखेको आरोप लगाएका छन । स्थानीय धर्मेन्द्र महतो ले भने ‘नातावाद, कृपावादको आधारमा हुनेखाने ब्यक्तिहरुले पनि राहत पाएका छन । कतिपय एउटै घरपरिवारमा ३/४ जना सम्मलाई समेत राहत बितरण गरिएको छ । साथै राहत बितरण गर्दा वडा स्तरमा रहेको लक्षित घर परिवार पहिचान तथा राहत बितरण समिति को रोहवरमा बितरण गर्नुपर्नेमा सो नगरि एकलौटी मनपरि गरेको छ ।’ महतो को अनुसार पार्टी अनुसार राहत बितरण गरिएको छ ।

अर्का पीडित रबरी देवीले भनिन ‘वडा कार्यालयमा पटक पटक धाएर पनि केही सुनुवाइ भएन ।’ उनी एकल महिला हुन ।
त्यसैगरी पीडितहरुले अवकाश प्राप्त कर्मचारी, सरकारी जागीरे समेतलाई राहत दिईएको गुनासो गरेका छन ।

उता वडा अध्यक्ष कन्हैया प्र. गुप्ताले कुनै भेदभाव नगरेको र ती पीडितहरुलाई राहत दिइने कुरा गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]