१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

पत्रकारमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

Logo
प्रकाशित आइतबार, बैशाख ०७, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,७ बैशाख । धनुषाका दुई जना पत्रकारमाथि आक्रमणमा संलग्नलाई कार्वाहीको माग गरिएको छ ।

धनुषाको शहीद नगरपालिकाको क्वारेन्टाइन सम्बन्धी समाचार रिपोर्टिङ्ग गरेर विसरभोरातर्फ फर्किने क्रममा पत्रकारद्वय सिबेन्द्र रोहिता र मनोज कुमार मोरबैतामाथि आक्रमण गरिएको हो । आक्रमणबाट रोहिताको टाउको नै फुटेको छ भने मोरबैतालाई सामन्य चोट लागेको छ ।

शहीद नगरपालिका ९ कोइलपुरमा जनकपुर टुडेका सम्बादाता रहेका मनोज मोरबैता र खोज केन्द्र डट कमका सिबेन्द्र रोहितामाथि आक्रमण गरिएको हो । रोहिताले शहीद नगरपालिकाका मेयर उदय बरबरियाले आफूमाथि आक्रमण गराएको बताएका छन् । आक्रमण गर्दै उनीहरुले ल्यापटप र क्यामेर समेत खोसेको बताएका छन् ।

यसैबीच प्रेस मंच नेपालले विश्व कोरोनासंग लडिरहेको बेला स्थानीय तहद्वारा कोरोना विरुद्धको तयारी बारे समाचार संकलन गर्न गएका पत्रकारमाथि गरिएको आक्रमणको भत्र्सना गरेको छ ।

मंचका केन्द्रीय उपाध्यक्ष बिन्दकिशोर साहले शनिबार बिज्ञप्ती जारी गर्दै आक्रमणकारी समूहको पहिचान गरी कार्वाहीको माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]