०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

मन्दिर, मस्जिदको खानतलासी नगरिए भयावह स्थित आउने राज्यमन्त्रीको चेतावनी

Logo
प्रकाशित आइतबार, बैशाख ०७, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,७ बैशाख।प्रदेश २ का भूमी, व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले कोरोना भाइरसलाई लिएर प्रदेश २ को स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन् । उनले यस्तो भयाबह स्थिति आउन नदिन अबिलम्ब मठ÷मन्दिर, मस्जिद÷मदर्साको सर्च अभियान चलाउनुपर्ने धारणा सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

‘प्रदेशका सम्पूर्ण मठ÷मन्दिर, मस्जिद÷मदर्सालाई सुरक्षा निकायको परिचालन गरी सर्च अभियान तुरन्त चलाउनुपर्छ’ उनले भनेका छन्’ “लुधिकछिपी बसिरहेकालाई क्वारेन्टाइनमा राखी कड निगरानी गर्नुपर्छ । होइन भने प्रदेश २ को स्थिति भयावह हुन सक्ने सम्भावना छ ।”

राज्य मन्त्री यादव मात्रै होइन्, धार्मिक संस्थाहरुमा सर्च अभियान चलाउनुपर्नेमा बुद्विजिवीहरुले पनि जोड् दिएका छन् । जनकपुरधामका संचारकर्मी हदिस खुदारले वडा अध्यक्षहरुले प्रहरी प्रशासन र स्थानीय मुस्लिमसँग समन्वय गरि आ–आफ्नो वडामा रहेको मदर्सा, मस्जिदमा तत्काल अनुगमन गर्नुपर्नेमा जोड् दिएका छन् ।

‘मुस्लिम समुदाय यो कोरोनाको कहरमा कुनै विदेसी पाहुनाको संरक्षक वा हिमाइती बन्नु हुदैन’ खुदारले सामाजिक संजाल फेसबुकमै लेखेका छन्, “कोरोना कुनै जात धर्मको मात्रै होइन मानवताको विनाशक हो । हामीले आफ्नो तर्फबाट देश र समाजलाई भरपुर सहयोग गरौ ।”

मस्जिदमा बसेका व्यक्ति नै कोरोना संक्रमित फेला पर्दै गएको भेटिएपछि प्रदेश २ मा मन्दिर, मस्जिद, मदर्साको अनुगमन गर्नुपर्ने बहस चलेको छ । यहीं बहसकाबीच प्रदेश सरकारले पनि यसतर्फ कडाई गर्ने संकेत गरेको छ ।

‘हामी लक डाउनको पूर्ण पालना गर्न आग्रह गर्दै पूजापाठ र प्रार्थना समेत घरमै गर्न आग्रह गर्दै आएका छौं’ प्रदेश सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले भने, “यो आग्रहको वेवास्ता गरेको पाइएमा सरकार कड कदम चाल्न बाध्य हुन्छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]