१० चैत्र २०८१, मंगलबार
25-03-2025 , Tue
×

रकम छर्नेमध्ये एक महिलाको आरडिटी टेस्ट पोजेटिभ

Logo
प्रकाशित आइतबार, बैशाख ०७, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,७ बैशाख। जनकपुरधाममा रकम छरेकी दुई महिलामध्ये एक जनाको ¥यापिड (आरडिटी) परीक्षण गरिएपछि एक महिलाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

जनकपुरधाम उप महानगरपालिका ६ स्थित महाबीर चोकमा रु १० को झण्डै एक दर्जन नोट छरेर शुक्रबार भागेकी महिलालाई शनिबार प्रहरीले जनकपुरधाम ७ जानकीनगरस्थित घरबाटै नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । यी दुवै जना नन्द र भाउजु हुन ।

दुबैलाई नियन्त्रणमा लिएर प्रादेशिक अस्पताल जनकपुरधाम लगी स्वास्थ्य परीक्षण गराउँदा एक जनाको ¥यापिड टेस्ट पोजेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

उनले ¥यापीड टेस्ट पोजेटिभ देखिएपछि दुबैलाई अस्पतालको अइसोलेसन वार्डमा राखिएको बताए । आइसोलेसनमा राखेर पिसिआर परीक्षण गर्ने उनले बताए ।

उनीहरुले रकम किन छरेको हो ? भन्ने सन्दर्भमा अनुसन्धान हुन बाँकी रहेको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले बताए । कार्कीले छरिएको नोट कोरोना संक्रमण सम्बन्धी शंकास्पद भएकोले परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाईएको जानकारी दिए । त्यहाँबाट रिपोर्ट आएपछि बाँकी प्रकृया अगाडि बढाइने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]

सिराहा : औरही गाउँपालिका सिराहामा महायज्ञको नाममा स्थानिय दलित समुदायका परिवारलाई उठिबास गराएको समाचार बाहिरिए पछि सर्वत्र चर्चाको विषय बनेको छ। हिजो बिहीवार कान्तिपुर पत्रिकामा समाचार सम्प्रेषण भए पछि संसद भवनमा एक पछि अर्को गरी लगभग १३/१४ जना सांसदहरुले घटनामा सँगलग्न व्यक्तीहरुलाई कारवाही गर्न माग गरे। लगत्तै राष्ट्रिय मानव अधिकार आयोग , दलित आयोग बाट […]

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]