१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

आफ्ना पक्षका पत्रकारलाई गुपचुप बाँडियो राहत

Logo
प्रकाशित बुधबार, बैशाख १०, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१० बैशाख ।नेपाल पत्रकार महासंघ धनुषाका सभापति अनिल मिश्रले गुपचुप आफ्ना पकडका पत्रकारलाई राहत बाँडेपछि विवादमा तानिएका छन्।

महासंघका अन्य पदाधिकारीलाई जानकारी नै नगराई ६५ पत्रकारको सूची तयार पारेर सभापति मिश्रले राहत बाँडेका हुन्। लकडाउनका कारण छाकटार्न समस्या भएको भन्दै सभापतिले प्रतिपत्रकार १० किलो चामल, ४ किलो आलु, २ किलो प्याज, एक किलो दाल, एक लिटर खानेतेल सहितका सामान राहतस्वरुप वितरण गरेका छन्।

राहत पाएकामध्ये अधिकांश पत्रकार नामधारी मात्र छन्। उनीहरु पत्रकार महासंघको सदस्य रहे पनि मिडियामा काम गर्ने गरेका छैनन्। सूचीमा परेका केही पत्रकारले राहत स्वीकार गरेनन्। महासंघका अधिकांश पदाधिकारी राहत वितरण भएको विषयमा अनभिज्ञ छन्।

महासंघ धनुषाका सचिव पुरन गुप्ताले राहत वितरण गरेको विषयमा आफूलाई कसैले जानकारी नगराएको बताए। उनले भने, ‘राहत बाँडेको थाहा पाएपछि सभापतिलाई फोन गरेको थिए। तर कुन संस्था वा निकायले राहत उपलब्ध गराएको विषयमा उहाँले केही बताउनु भएन।’

यता, प्रेस युनियन धनुषाका सभापति राजन सिंहले आफूलाई फोन गरेर राहत लिन भनेपछि अस्वीकार गरेको सुनाए। अहिले कुनै पत्रकारलाई राहतको आवश्यकता थियो जस्तो मलाई लाग्दैन’, उनले प्रश्न गरे, ‘२–३ लाखको गाडी चढ्ने तर १० किलो चामल किन्न नसक्ने?’

उनले बाहिरबाट आएर डेरा लिएर बस्ने वा गरिब विपन्न पत्रकारलाई राहत दिँदा हुन्थ्यो, तर आफ्ना पकेटका नामधारी मात्रको पत्रकारलाई राहत बाँड्नु दुःखद भएको बताए।-नेपाल न्यूज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]