०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

सप्तरी सुरुङ्गाका एक मनकारीले लकडाउनमा बिपन्नलाई भोजन खुवाउँदै 

Logo
प्रकाशित बिहिबार, बैशाख ११, २०७७

 

 

मनोज बनैता, सप्तरी, ११ बैशाख । सप्तरी सुरुङ्गा नगरपालिकाका एक मनकारीले लकडाउनमा दलित लगायत विपन्नलाई राहत स्वरुप भोजन खुवाउने गरेका छन । सप्तरी सुरुङ्गा ४ बस्ने भुवनेश्वर साफीले लकडाउन घोषणा पश्चात् चैत ८ गते देखिनै वडा ४ मा रहेका दलित तथा विभिन्न वर्गलाई राहत स्वरुप खाना खुवाँउदै आईरहेका छन ।

साफीका अनुसार लगभग ३०० बिपन्नले पालैपालो गरि दिनहुुँ खाना खाने गरेको छ । दैनिक एक छाँक खाना खुवाउने साफी आफू धर्मको काम गरेकोमा सन्तुष्ट छन । उनले भने ‘लकडाउनमा यी ज्याला मजदुरी गर्नेहरुको बिजोग हेर्दा मन दुखेर आयो र मैले केही राहत होस भनेर यो अभियान थालें ।’

साफीको अनुसार यस अभियानमा उनका दुई छोराहरु डा.अनिल कुमार रजक र सब ओभरसियर संतोष कुमार रजकले आर्थिक रुपमा साथ दिदै आएका छन । भुवनेश्वर साफी दलित संघका सप्तरी जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]