०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

जनकपुरधामले १८ हजारलाई राहत बितरण गर्ने

Logo
प्रकाशित शुक्रबार, बैशाख १२, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१२ बैशाख । जनकपुरधाम उप–महानगरपालिकाले १८ हजार विपन्नको नाम संकलन गरेको छ । छाँक टार्न मुश्किल हुनेहरुको तथ्यांक संकलन भइसकेकाले क्रमशः राहत बितरण गर्ने काम शुरु गरिने उप महानगरपालिकाले जनाएको छ ।

उप महानगरपालिकाका प्रबक्ता शिबरत्न पाण्डेले बिहीबार प्रेस बिज्ञप्ती जारी गर्दै प्रदेश सरकारले उपलब्ध गराएको रु २० लाखले ती विपन्नलाई राहत बितरण गर्न नसकिने भएकाले उपमहानगरपालिकाको विपद व्यवस्थापन कोषमा संचित रहेको रकम र अन्य शिर्षकबाट समेत रकमहरु रकमान्तर गरी सबैलाई राहत बितरण गर्ने बताएका छन् ।

कोरोना महामारीका कारण राहत सामग्री खरीद गर्न अप्ठ्यारो भइरहेपनि जनप्रतिनिधी तथा कर्मचारीको अथक प्रयासले सामग्री खरीद भइरहेको जनाउँदै बिज्ञप्तीमा नाम संकलन भएका सबै व्यक्तिलाई राहत बितरण गरिने बिज्ञप्तीमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]