१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

जनकपुरधामले १८ हजारलाई राहत बितरण गर्ने

Logo
प्रकाशित शुक्रबार, बैशाख १२, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१२ बैशाख । जनकपुरधाम उप–महानगरपालिकाले १८ हजार विपन्नको नाम संकलन गरेको छ । छाँक टार्न मुश्किल हुनेहरुको तथ्यांक संकलन भइसकेकाले क्रमशः राहत बितरण गर्ने काम शुरु गरिने उप महानगरपालिकाले जनाएको छ ।

उप महानगरपालिकाका प्रबक्ता शिबरत्न पाण्डेले बिहीबार प्रेस बिज्ञप्ती जारी गर्दै प्रदेश सरकारले उपलब्ध गराएको रु २० लाखले ती विपन्नलाई राहत बितरण गर्न नसकिने भएकाले उपमहानगरपालिकाको विपद व्यवस्थापन कोषमा संचित रहेको रकम र अन्य शिर्षकबाट समेत रकमहरु रकमान्तर गरी सबैलाई राहत बितरण गर्ने बताएका छन् ।

कोरोना महामारीका कारण राहत सामग्री खरीद गर्न अप्ठ्यारो भइरहेपनि जनप्रतिनिधी तथा कर्मचारीको अथक प्रयासले सामग्री खरीद भइरहेको जनाउँदै बिज्ञप्तीमा नाम संकलन भएका सबै व्यक्तिलाई राहत बितरण गरिने बिज्ञप्तीमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]