१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

घरमै बसेर नवाज अदा गरौं : मो. आलम

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

मनोज बनैता, सिरहा, १३ बैशाख । मुस्लिम समुदायको महान चाडको रुपमा मानिने रमजान यस वर्ष मस्जिदमा नगई  घरमै मनाउन धर्मगुरुहरु का साथ साथै नेताहरुले आग्रह गरेका छन । पूरा एक महिना सम्म मनाईने यस पर्वमा मुस्लिम समुदाय दिनभरी व्रत बस्ने गर्छन । रमजानकै महिनामा कुरान आएको बिश्वास छ ।

तत्कालीन राजपा का नगर अध्यक्ष मो. आलम ले नगरभरीका सम्पुर्ण मुस्लिम समुदायलाई शुभकामना सन्देश दिदै घरमै बसेर नमाज अदा गर्न अपील गरेका छन । उनले रमजानको अवसरमा सबै देशवासीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधायुक्त समाजलाई एकताको सुत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न अल्लाह ले सबैको मार्गदर्शन गरोस भनी दुवा गरेका छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]