२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

राहत नपुगेपछि गर्भवती र सुत्केरी पीडित बन्दै…!

Logo
प्रकाशित सोमबार, बैशाख १५, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१५ बैशाख । स्थानीय सरकारले लक डाउनका समयमा छाँक टार्न मुश्किल भइरहेका व्यक्तिलाई रासन मात्र बितरण गरिरहँदा गर्भवती, सुत्केरी तथा नवजात शिशुलाई समस्या भइरहेको छ । राहत स्वरुप रासन समेत नपुगेका ठाउँका गर्भवती र सुत्केरी पीडित बन्दै गएका छन् ।

खासगरी दलित, विपन्न र गरीब बस्तीमा लकडाउनअघि र लकडाउनकाबीच शिशु जन्माइएका सुत्केरीलाई भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । राहत बाँडिएका ठाएँमा दाल, चामल पकाएर खाने गरिएपनि राहत नपुगेका ठाउँमा उनीहरुले त्यो पनि खान पाइरहेका छैनन् ।

धनुषाको कमला नगरपालिका वडा नम्बर ५ भलुवाहामा झण्डै आधा दर्जन सुत्केरी छन् । दैनिक मजदूरी गरेर छाँक टार्दै आएका यहाँका मुसहर समुदायका साथै सुत्केरी महिला पनि भोकभोकै दिन काट्न बाध्य छन् ।

लकडाउनकाबीच सुत्केरी भएकामध्ये हुने खानेको घरमा जन्मिएको बच्चा र सुत्केरी आमाले उचित स्याहारका साथै पोषिलो खानेकुरा खाइरहेपनि गरीब, विपन्न सुत्केरीको बेहाल छ ।

छाँक टार्न भन्दै प्रदेश सरकार र स्थानीय तह मिलेर दाल, चामल, तेल, नून, आलु बितरण गर्न शुरु गरेको छ । जुन, अहिले पनि धेरै गरीब, विपन्नमा पुग्न सकेको छैन् । तर के दाल भात खाएर मात्रै प्रसुति, नवजात शिशु, गर्भवती स्वस्थ्य रहन सक्ला त ? यो प्रश्नको उत्तर खोज्नुपर्ने अवस्था आएको छ ।

सुत्केरी भएको समयमा पोषिक तत्व नपाइए शिशुलाई बाँच्ने आधार कम रहनेछ । बाँचिहालेमा पनि कुपोषित हुने अवस्था भयावह हुने भएपनि यसतर्फ कुनै तहको सरकारले ध्यान दिएको छैन् ।

यता १५ दिनअघि प्रादेशिक अस्पताल जनकपुरधाममा सुत्केरी भएर घर फर्केकी धनुषाकै शहीद नगरपालिका-८, बिसरभोराकी जीवछीदेवी दासले पोषणयुक्त खानेकुरा पाएकी छैनन् । उनकी सासू आशादेवीले यताउता दालचामल मागेर सुत्केरी बुहारीलाई बचाइरहेको बताइन् । बिसनभोरामा पनि कुनै राहत टोली पुगेको छैन ।

प्रदेश २ कर्णालीपछिको सबैभन्दा बढी कुपोषित भएको क्षेत्र हो । प्रदेश सरकारकै तथ्यांकलाई मान्ने हो प्रदेशमा १५ देखि ४९ वर्ष उमेर समुहका ५८ प्रतिशत महिलामा रक्तअल्पता, ३८ प्रतिशतमा पुडकोपन र १४ दशमलव ४५ प्रतिशत उमेर अनुसार उचाई कम भएका बालबालिका छनन् भने उमेर अनुसार तौल कम भएका बालबालिका ३६ दशमलव ८ प्रतिशत छन् ।

लकडाउनको समयमा विपन्नको घरमा जन्मिएका शिशुको उचित स्याहार र सुत्केरी तथा गर्भवती एवं ५ बर्षसम्मका बच्चालाई पोषणयुक्त खानेकुरा उपलब्ध नगराइए कुपोषणको अवस्था बढ्दै जानेमा सरोकारबालाले चिन्ता व्यक्त गरेका छन् ।

यसो त नेपाल सरकार, गृह मन्त्रालयको नेतृत्वमा रहेको विभिन्न क्षेत्रका क्लस्टरमध्ये पोषण क्लस्टर पनि बनाइएको छ । तर यो क्लसटरलाई अहिले सम्म सक्रिय पारिएको छैन् ।

प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे वस्तीमा सुत्केरी भएकातर्फ आफूहरुको ध्यान जान नसकेको बताए । उनले भने, “हामी पहिलो चरणमा कोरोनाबिरुद्व नै लड्ने प्रयासमा छौं ।”

उनले क्वारेन्टाइनमा भएका सुत्केरी, अस्पतालमा आउने सुत्केरीप्रति ध्यान दिइएपनि वस्तीसम्म ध्यान दिन नसकिएको बताए ।

कोरोना विश्वव्यापी महामारीको कारणले नेपालमा एक महिना देखिको लकडाउनले श्रमिक, अति विपन्न, दलित र खाधान्न अभावमा रहेका परिवारलाई भोकमरीको अवस्था झेल्नुपरेको बताउँदै जनस्वास्थ्य विज्ञ राजकुमार महतो भोकमरीमा रहेका परिवारका गर्भवती, सुत्केरी महिला, बच्चालाई दुध खुवाउने आमा, र ५ वर्ष मुनिका बालबालिका कुपोषणको उच्च जोखिममा रहेको बताउँछन् ।

सामान्य अवस्थामै प्रदेशमा कुपोषणको बिकराल स्थिति रहेको बताउँदै अहिलेको लकडाउन र यसले जन्माएको खाधान्न अभाव, भोकमरीले कुपोषण महामारीको जोखिम अति नै बढाएको उनको धारणा छ । नेपाल सरकारले ढिला नगरी आकस्मिक अवस्थामा कार्य गर्ने पोषण क्लस्टरलाई सक्रिय गराई पोषणको कार्य अगाडी बढाउनुपर्नेमा जोड् दिन्छन् उनी ।

हाल बितरण भइरहेको खाधान्न राहत प्याकेजमा गर्भवती महिला, सुत्केरी महिला, दुध खुवाउने आमा, ५ वर्ष मुनिका बालबालिका तथा वृद्धहरुको लागि विषेश तथा थप खाद्य सामाग्री समावेश गर्न उनले सुझाव दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]