०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

भट्टराईसहितका नेताहरूविरुद्ध साइबर अपराधको मुद्दा दर्ता गर्न अस्वीकार गरेपछी..!

Logo
प्रकाशित सोमबार, बैशाख १५, २०७७

न्यूजमधेश सम्बादाता
काठमाण्डु,१५ बैशाख । सत्तारुढ नेकपाका विद्यार्थी संगठनका नेताहरुद्वारा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका केही नेताहरुविरूद्ध साइबर अपराध मुद्दा दर्ता गर्न खोजेकोमा प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

अनेरास्ववियूका संयोजक ऐन महर, युवा संघका सहसंयोजक रमेश पौडेल, किरण पौडेललगायतको टोलीले साइबर अपराध मुद्दा दर्ता गर्न खाेजेकाे हाे।

विद्यार्थी टाेली पूर्वप्रधामन्त्री तथा डा.भट्टराई, पूर्वमन्त्री हिसिला यमी र उनकै पार्टीका विश्वदीप पाण्डे र आङकाजी शेर्पाविरुद्ध साइबर अपराधको उजुरी गर्न सोमबार काठमाडौ प्रहरी परिसर टेकू पुगेका थिए।

तर प्रहरीले यो गालि बेइज्जतिको विषय भएको हुँदा तपाईंहरु अदालत जानुस् भनेर फर्काइएको छ। आइतबार भट्टराई, उनकै पार्टीका उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरुले पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको आरोपमा काठमाडौं प्रहरी परिसरमैं उजुरी दिन पुगेका थिए।

प्रहरीले उनीहरुको उजुरी नलिई फर्काएको थियो। सांसद अपहरण आरोप र त्यसबिरुद्ध प्रहरीले उजुरी नलिएपछि सत्तारुढ नेकपा र नवगठित जनता समाजवादी पार्टीका नेताहरुबीच आपसमा आरोप प्रत्यारोप भइरहेका बेला पूर्वप्रधानमन्त्री भटराई सहितका नेताविरुद्ध साइबर अपराधको उजुरी दिने प्रयास गरिएको हो।

नवगठित जनता समाजवादी पार्टीका नेता भट्टराईले सामाजिक सञ्जालमा आपत्तिजनक कुराहरु लेखेको भन्दै उनी विरुद्ध अनेरास्ववियूका नेताहरुले उजुरी दिन खोजेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]