०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

हाथ मुख जोडन समस्या रहेका विपन्न घरपरिवारलाई राहत

Logo
प्रकाशित सोमबार, बैशाख १५, २०७७

रंजित चौरसिया

वीरगंज ,१५ बैशाख।पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा लकडाउन प्रभावित अतिविपन्न परिवारको लागि राहत वितरण गरिएको छ ।

नगरपालिकाको वडा नम्बर ९ को बर्डेवा, तेलिया र एकटांगाका १८१ जना अतिविपन्न परिवारलाई राहत वितरण गरिएको वडा समितिका वडा अध्यक्ष रामनारायण प्रसाद गौरोले बताए ।

वडाका सर्वपक्षिय समितिले गरेको निर्णयको आधारमा सरकारको निति निर्देशनको पालना गर्दै तीनवटै गाउँका अतिविपन्न परिवारको पहिचान गरी राहत उपलब्ध गराईएको उनले बताए ।

प्रत्येक परिवारलाई २० किलो चामल, २ किलो मसुर दाल, २ किलो नुन, खाने तेल १ किलो, नुहाने र लुगाधुने साविन ४ पिस राहत स्वरुप उपलब्ध गराईएको हो ।

वडामा कुल जनसंख्या ३ हजारको हराहरीमा छन, जसमध्ये सर्वपक्षिय समितिले नै १८१ जना अतिविपन्न परिवारलाई छनौट गरेको थिए वडा अध्यक्ष गौरोले भने, त्यसकै आधारमा नगरपालिकाले उपलब्ध गराएको राहत सोमबार ईलाका प्रहरी कार्यालय एकटांगाको सहयोगमा व्यवस्थित र लकडाउनको नियमको पालना गर्दै वितरण गरेका छन् ।

राहत वितरणमा छुटेकालाई आफनो व्यक्तिगत तर्फबाट पनि सहयोग गर्न तयार छु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]