१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

जनमत पार्टीद्वारा विपन्न घरपरिवारलाई तरकारी दिदै

Logo
प्रकाशित सोमबार, बैशाख १५, २०७७

न्यूजमधेश सम्बादाता
भैरहवा, १५ बैशाख ।कोरोना भाइरसबाट जोगिनको लागि सरकारले गरेको लकडाउनका कारण अति विपन्न घरपरिवारका व्यक्तिहरु तरकारी खानबाट बंचित हुनु पर्ने बाध्य भएपछि डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विपन्न घरपरिवारलाई राहत स्वरुप तरकारी वितरण गरेको छ।

पार्टीले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ७ मा अति विपन्न परिवारलाई तरकारी वितरण गरेको जनमत पार्टी रुपन्देहीका जिल्ला इन्चार्ज रामकेश गुप्ताले बताएका छ्न। इन्चार्ज गुप्ताका अनुसार पार्टीका गैडहवा गाउँपालिका वडा नम्बर ७ का संयोजक लाल बहादुर केवट, पार्टीका वरिष्ठ नेतृत्व मण्डलका सदस्य राधेश्याम केवट, वडा सह–संयोजक राजकुमार बरईको नेतृत्वमा पार्टी नेता तथा कार्यकर्ताको सहयोगमा तरकारी वितरण गरेका छ्न ।

वडा नम्बर ७ मा १२ क्वीन्टल टमाटर, २ क्वीन्टल सिमी र १२ क्वीन्टल काउली आफ्नो खेतीबारीबाट टिप्दै एक हप्तासम्म तरकारी वितरण गरिएको वडा संयोजक केवटले बताए । लाल बहादुर केवटले ८ क्वीन्टल टमाटर, २ क्वीन्टल सेमी, २ क्वीन्टल काउली, राधेश्याम केवटले ४ क्वीन्टल टमाटर, ८ क्वीन्टल काउली र राजकुमार बरईले २ क्वीन्टल काउली सहयोग गरेको इन्चार्ज गुप्ताले बताए।

उनले भने जनमत पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्लाका पुर्व इन्चार्ज भोपेन्द्र यादवको पहलमा तरकारी वितरण गरिएको र विपन्न परिवारलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिइने जनमत पार्टी रुपन्देहीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]