०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

कोरोना भाइरस रोकथामका लागि विजयनगरमा म्यादी प्रहरी भर्ना गर्ने

Logo
प्रकाशित मंगलबार, बैशाख १६, २०७७

न्यूजमधेश सम्बादाता
विजयनगर ,१६ बैशाख।कपिलवस्तुको विजयनगर गाउँपालिकाले मंगलवार एक सूचना जारी गर्दै ५० जना म्यादी प्रहरी भर्नाका लागि आव्हान गरेको छ । आजै बसेको गाउँकार्यपालिकाको बैठकले दैनिक ज्यालादरी सेवामा पदपूर्ति गर्न ३ दिनभित्र दरखास्त दिन आव्हान गरेको हो ।

अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्नका लागि गाउँपालिका भित्र थप निगरानी गर्न म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।

सरकारले लगाएको लकडाउन अवधीभर आवश्यकता अनुसार म्यादी प्रहरीलाई परिचालन गर्ने जनाइएको छ । विजयनगर गाउँपालिका भारतको सिमानासँग जोडिएको र खुल्ला सिमाना भएकोले भारतबाट व्यक्तिहरु लुकीछिपी आउने सक्ने सम्भावना बढी रहेकोले सुरक्षाकर्मीको समन्वयमा थप निगरानीका लागि म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।

यसरी भारतबाट आउने व्यक्तिबाट कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्र्दै गाउँपालिकाले सिमामा थप कडाईका साथ निगरानी बढाउन आश्यकता अनुसार म्यादी प्रहरी परिचालन गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ ।

यस्तै गाउँपालिकाले आन्तरिक साना विकास निमार्णका कार्य पनि सञ्चालन गर्ने निर्णय गरेको छ । अत्यावश्यक कामहरुलाई खुकुलो बनाउनुको साथै साना विकास निमार्णका कामहरु सामाजिक दुरी कायम गर्दै सुरक्षित तवरबाट सुचारु गरिने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]