१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

एसईई परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई अब रेडियोबाट कक्षा संचालन

Logo
प्रकाशित बुधबार, बैशाख १७, २०७७

कमल कुमार मण्डल
राजविराज, १७ वैशाख । एसईई परिक्षामा सहभागी हुने र कक्षा ९ बाट १० मा जाने विद्यार्थीहरुका लागी एफ. एम. बाट “पाठशाला अपना घरेमे” नामका कार्यक्रम वैशाख १८ गतेदेखि सञ्चालन गर्ने भएको छ । तिलाठी कोइलाडी गाउँपालिकाद्धारा सप्तरीको राजविराजबाट ९४.७ मेगाहर्जमा प्रसारित भइरहेको सि एफ एमको माध्यमबाट विहिवारदेखि पठनपाठन गराउने भएको छ ।

प्रत्येक दिन २ घण्टा दिनको ११ः०० बजे देखि १ः०० बजे सम्म मातृभाषा मैथिली तथा किताबकाे अाधारमा सो कार्यक्रम चलने भएको छ । कोरोना भाइरसको नियनत्रण तथा रोकथामका लागी जारी गरिएको लकडाउनका कारण विद्यार्थीहरु समेत मार्कामा परेका छन् ।

एसईई परीक्षामा सहभागी हुने तथा कक्षा ९ बाट १० मा जाने विद्यार्थीहरुलाई लक्षीत गरी कार्यक्रम सञ्चालन गरिएको तिलाठी कोइलाडी गाउँपालिका प्रमुख सतिश कुमार सिंहले जानकारी दिइएको छ । उनका थपे- ‘गाउँपालिकाकाे अाईडिबाट लाईभ समेत रहनुका साथै फाेटाे पठाइ तथा लेखेर विद्यार्थीहरुले अा अाफ्ना प्रश्न समेत साेधन सकिने व्यवस्था गरएिको छ ।’

प्रत्येक दिन ४ अाेटा विषयकाे पठनपाठन हुनुका साथै ३० मिनेटकाे एउटा विषय पढाइ हुने जनाएको छ ।

यो कार्यक्रमले हाम्रो पढाइमा निकै मद्धत पुग्न सक्ने सोहि गाउँपालिकाका पब्लिक माध्यमिक विद्यालय लौनियाँ, तिलाठीमा अध्ययनरत विद्यार्थी रमिता कुमारी मण्डलले बताए । उनी भनिन – ‘लकडाउनका कारण हामीले टियुसन पनि पढन सकेको छैन्, घरबाट नै यसरी रेडियो माध्यमबाट पढन मिलेमा परीक्षामा समस्या हुने छैन् ।’ पढेका कुरा विर्सिन सक्ने सम्भावना थियो अब पढाइमा पनि समस्या नहुने अर्का एस. ई. ई परीक्षार्थी रविन मण्डल बताउछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]