१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

विपन्न र असहायलाई निःशुल्क खाना खुवाउँदै

Logo
प्रकाशित बुधबार, बैशाख १७, २०७७

न्यूजमधेश सम्बादाता
सिरहा ,१७ बैशाख। कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको मारमा परेका विपन्न, असाहय व्यक्तिलाई उद्योग व्यापार समिति सुखीपुर सिरहाले आजदेखि निःशुल्क खाना खुवाउन शुरु गरेको छ ।

विगत एक महिनाभन्दा बढी समयदेखिको लकडाउनका कारण दैनिक ज्याला–मजदूरी गरेर बिहान–बेलुकाको छाक टार्न समस्या पर्दै आएका विपन्न, मजदूर र असहाय परिवारका व्यक्तिलाई समितिले आफ्नै भवनमा निःशुल्क खाना खुवाउन शुरु गरेको हो ।

लकडाउन अवधिभर प्रत्येक दिन बिहान ११ देखि २ बजेसम्म निःशुल्क खाना खुवाइने समितिका अध्यक्ष शत्रुधन चौधरीले बताउनुभयो ।

यसैबीच सुखीपुर नगरपालिका–१ का मिथुन यादवले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ६० थान सुरक्षा सामग्री पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) उपलब्ध गराउनुभएको छ । पिपिइ अभावमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई काम गर्न समस्या भइरहेकाले व्यक्तिगत आर्थिक सहयोगमा ६० थान पिपिइ उपलब्ध गराएको नेपाली काँग्रेसका नेतासमेत रहनुभएका यादवले बताउनुभयो ।

सुखीपुर नगरपालिका–८ स्थित स्वास्थ्यचौकी सुखीपुरलाई पिपिइ १० थान, वडा नं १ स्थित स्वास्थ्यचौकी मोहनपुर कमलपुरलाई पिपिइ १०, मास्क आठ र क्याप आठ थान, इलाका प्रहरी कार्यालय सुखीपुरलाई पिपिइ दुई र मास्क पाँच, सशस्त्र बेसक्याम्प सुखीपुरलाई पिपिइ दुई, मास्क पाँच र इलाका प्रहरी कार्यालय महेशपुर पतारीलाई पिपिइ पाँच, मास्क १० र क्याप पाँच थान उपलब्ध गराएको उहाँले जानकारी दिनुुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]