२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

शहिद नगरपालिकामा राहतको नाउमा सडेको चामल र कुहिएको आलु वितरण

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१८ बैशाख। धनुषाको शहीद नगरपालिका वडा नम्बर २ मा बितरण गरिएको राहतको चामल सडेको र आलु कुहिएको पाइएको छ । वडा कार्यालयबाट लिएर आएको चामल र कुहिएको आलु कुहिएको पाइएको स्थानीय चन्दर साहले बताए ।

यो गाउँका चमेलीदेवी, नथुनी यादव,रामाशिष खत्बे, संजय साफी,जगदीश महरासहितकाले पाएको राहत सडेको पाइएको छ । वडा कार्यालयले बितरण गरेको राहत सडेको र कुहिएको पाइएपछि उनीहरु निराश हुँदै आक्रोशित भएका छन् ।

दिइएको राहत पनि सडेको पाइएपछि विपन्नहरुले वडा अध्यक्ष जैसी भिनबार र मेयर उदय बरबरियाबिरुद्व नाराबाजी गरेका छन् ।उनीहरुले यस्तो राहत दिने जनप्रतिनिधीलाई कार्वाहीको माग समेत गरेका छन् ।

शहीद नगरपालिकाले प्रत्येक विपन्न परिवारलाई १० किलो चामल, २ किलो दाल,१ लिटर खाने तेल र १ प्याकेट नून उपलब्ध गराउने निर्णय गरेको थियो ।

यस सन्दर्भमा वडाध्यक्ष जैसी भिनबारले आलु बिग्रिने बस्तु भएकाले कुहिएको भन्दै गैरजिम्मेवारी अभिव्यक्ति दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]