११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

सचिवालय बैठक अनिर्णित, विपक्षीलाई गलाउने ओली नीति

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

न्यूजमधेश सम्बादाता
काठमाण्डु,१८ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुचर्चित बुधवारको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहुमत रहेपनि कुनै निष्कर्षमा पुग्न सकेन् ।

असन्तुष्ट पक्षले स्थायी कमिटी बैठक डाक्ने, ओलीलाई अध्यक्ष अथवा प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य पार्ने वातावरण बनाउने अपेक्षा गरिएको थियो ।तर बैठकमा सबै विषयमा समान्य छलफल भएपनि निर्णयमा पुग्न सकेन्् ।

पार्टी प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले अर्को बैठक वैशाख २० गते बोलाइएको जनाए । अगामी बैठकले स्थायी कमिटी बैठकको मागबारे निर्णय गर्ने उनले बताए ।

‘ आज हाम्रो पार्टीको सचिवालय बैठकमा पार्टी भित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नु भएको स्थायी कमिटी बैठक र यससँग जेडिएका विविध पक्षबारे गम्भीर विचार विमर्श भयो’ उनले भने, यो विचार विमर्श र छलफल अझै जारी छ ।२० गते फेरी बैठक बस्ने उनले बताए ।

‘यसबीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्य अगाडि बढाउँदै २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय भएको छ ’ प्रवक्ता श्रेष्ठले भने, सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ ।

सचिवालयको अगामी बैठकले नै स्थायी कमिटी बैठकबारे निर्णय लिने उनले बताए ।मंगलवार नै बस्ने भनिएको सचिवालय बैठक सारिएको थियो ।

पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ । समाजवादी पार्टी फुटाउन अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र विवाद र गुटबन्दी चर्केको हो। संकटमा सघाउनुपर्ने बेला सरकारलाई अप्ठ्यारो पार्ने र यसले पार्टीलाई समेत कमजोर पार्ने मत पार्टीभित्र बन्न सकेको छैन् ।ओलीलाई दुवै पदबाट मुक्त गर्नुपर्ने माग बढेको छ ।संसदीय दलमा पनि ओली अल्पमतमा परेको बताइनछ ।ओलीले नेताहरुलाई गलाउन सचिवालय बैठक सारेको स्रोतहरुले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]