२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

राहत बितरण ः कतै झडप, कतै घेराउ र नारावाजी

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

न्यूजमधेश सम्बादाता
सिरहा ,२३ बैशाख । लक डाउनका समयमा विपन्नलाई राहत बितरण गर्न शुरु गरिएको अभियान शान्तिपूर्ण बन्न सकेको छैन् । प्रदेश २ का जिल्लामा दैनिक रुपमा विवाद भइरहेको छ राहत बितरण गर्ने क्रममा ।

कतै राहत बितरणमा विवाद भइरहेको छ भने कतै राहत नपाउँदा स्थानीय तह कार्यालय घेराउ समेत गर्न थालिएको छ । सोमबार राहत बितरण गर्दा सिरहामा अश्रु ग्यास प्रहार र हवाई फायर नै गर्नुपरेको छ ।

सिरहाको मिर्चेयामा सोमबार दिउँसो झड्प भएको हो । मिर्चेया नगरपालिका वडा नम्बर ७ मा पछिल्लो तीन दिन यता विपन्नलाई राहत बितरण गरिदैं आएको छ । सोमबार बितरण गर्ने क्रममा केहि व्यक्तिले हो–हल्ला गर्दै राहत बितरण नै बिथोल्न खोज्दा प्रहरी र स्थानीयबीच झड्प भएको हो ।

झड्पका क्रममा प्रहरीले चार राउण्ड अश्रु ग्यास र नौ राउण्ड हवाई फायर गरेका छन् । सिरहा प्रहरीका प्रबक्ता एवं डिएसपी बिनोद घिमिरेले हो हल्ला गर्नेहरुले ढुँगा प्रहार गर्न थालेपछि अश्रु ग्यास र हवाई फायर गर्नुपरेको बताए ।

घट्नामा पाँच जना प्रहरी र चार जना सर्वसाधारण सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवार, प्रहरी सहायक निरीक्षक बिरेन्द्र मण्डल, प्रहरी हबल्दार सरस्वती चौधरी, प्रहरी जवान मोनिका अधिकारी र सबित्रा कुमाल ढुँगामुडाबाट घाइते भएपछि प्रहरीलाई हवाई फायर गर्नुपरेको हो ।

स्थानीयले राहत लिनेको सुचीमा धनीको नाम समाबेश गरिएको भन्दै बिरोध जनाएका थिए । अहिले यहाँको अवस्था सामान्य रहेको सिरहा प्रहरीका प्रबक्ता एवं डिएसपी बिनोद घिमिरेले जानकारी दिए ।

उता महोत्तरीमा राहत बितरण नगरिएको भन्दै एक स्थानीय तहको कार्यालय घेराउ गरिएको छ ।

छाँक टार्न समस्या हुँदा समेत राहत नदिएको भन्दै विपन्नहरुले सम्सी गाउँपालिका घेराउ गरेका हुन् ।

वडा कार्यालयले नाम संकलन गरी हस्ताक्षर गराएको महिना दिन बित्दा समेत राहत नदिएको भन्दै गाउँपालिका कार्यालय घेराउ गरिएको उनीहरुले बताएका छन् ।

उनीहरुले गाउँपािलिका घेराउ गर्दै जनप्रतिनिधीबिरुद्व नाराबाजी समेत गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष शेष फारुकले राहत वितरणका लागि सबै वडा कार्यालयलाई रकम पठाइसकिएको बताएका छन् । उनले यसबारेमा आफूले बुझ्ने समेत बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]