२० पुष २०८२, सोमबार
05-01-2026 , Mon
×

सीमा पार गर्न खोजेका ११ भारतीयलाई ठाउँमै राखियो

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

न्यूजमधेश सम्बादाता
जलेश्वर,२३ बैशाख । नेपालबाट भारततर्फ जान लागेका ११ जना भारतीयलाई महोत्तरीको सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिइएको छ ।

लकडाउनको समयमा नेपालबाट भारततर्फ जान लागेका उनीहरुलाई महोत्तरीको मनरा सिस्वा नगरपालिका ९ बथनाहास्थित सिमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । एकाबिहानै सिमा पार गर्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताएका छन् ।

नियन्त्रणमा लिइएका सबै भारतको पश्चिम बंगालका हुन् । महोत्तरीको एकडारा गाउँपालिका ५ स्थित कोल्हुवा बगेयामा जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएका उनीहरुले खानपिनमा समस्या भएपछि आफ्नो गाउँ फर्किन लागेको बताएका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर काम गरिरहेकै ठाउँमा छाडिएको अधिकारीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]