२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

दलित , गरीब तथा विपन्न १ सय ५० घर परिवारलाई राहत सामग्री  वितरण

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

राजेन्द्र महतो
लहान,  बैशाख २३ गते। विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले गरेको लामो समयको लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरी दैनिक जिवनयापन गर्दै आइरहेका  गरीब  तथा  विपन्न  वर्ग का परिवारहरुलाइ सिरहाको कल्याणपुर नगर पालिका –६  भोकर्हाका १ सय ५०जना विपन्न घर परिवारलाई  राहत सामग्री वितरण गरेको छ ।
कल्याणपुर  नगर पालिका ६ का वडा अध्यक्ष  मतिबुल राइन ले निर्वाचित वडा सदस्यहरु,विभिन्न राजतिक दलका प्रतिनिधिहरु, स्वास्थ्य  संस्था का प्रमुख , बिधालय  ब्यबास्थापन समिति अध्यक्ष र स्थानीय  सुरक्षा  निकायका  प्रमुख हरुको रोहबरमा १ सय ५०   जना  गरीव तथा विपन्न वर्ग का लाई  राहत वितरण गरिएको  छ।
लामो समयको लकडाउनका कारण दैनिक रुपमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहेका यहाँका दलित तथा अति विपप्न घरपरिवारलाई दैनिक जिवन यापन गर्न कष्टकर बन्दै गइरहेको बेला कल्याण पुर नगर पालिका  -६  भोक्रहाले राहत सामग्री स्वरुप चामल १५ केजी.,  चिनी एक केजी, नुन -१ केजी , दाल १ .५केजी, खानेतेल एक लिटर  र साबुन -२ पिस (नुहाउने )खाधान्न सामग्री वितरण गरेको सहित राहत सामग्री वितरण गरेको   वडाध्यक्ष मतिवुल राइन ले बताए ।
राहत पाएपछि  कल्याण पुर नगर पालिका– ६ स्थानीय  भुप नरायाण सदाय, मालती देवी  सदाय  , जुगे मोची , शान्ति  देवी मल्हाइन  , राम अवतार यादव  लगायत वडा ६ का दलित , गरिब तथा विप्पन परिवार खुशि भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]