०६ भाद्र २०८३, आइतबार
23-08-2026 , Sun
×

जङ्गली हात्ती गाउँ छिरेपछि…

Logo
प्रकाशित बुधबार, बैशाख २४, २०७७

न्यूजमधेश सम्बादाता
राजविराज ,२४ बैशाख । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ । तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम र लक्ष्मीदेवी रामको घर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा अवस्थित रामटोलमा हात्तीको समूहले घर तोडाफोड गरी धान, गहँु, चामल, दाललगायतका खाद्यान्न खाएर रु पाँच लाख बराबरको क्षति गरेको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले जानकारी दिनुभयो ।

लकडाउनले बेरोजगार भइ आयस्रोत बन्द भएका बेला हात्ती आतङ्कले जीवनयापन थप कष्टकर बनाएको पीडित श्यामकुमार रामले बताउनुभयो । रामले खानाका साथै घर तोडफोडपछि आवासको पनि चिन्ता थपिएको बताउनुभयो ।

हात्ती आतङ्क रोकथाम र नियन्त्रणतर्फ सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]