२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

औरही गाउंपालिकाले राहत वितरणको नाममा भ्रष्टाचार गर्दै

Logo
प्रकाशित शुक्रबार, बैशाख २६, २०७७

न्यूजमधेश सम्बादाता
लहान ,२६ बैशाख । सिरहाको औरही गाउंपालिकाले राहत वितरणको नाममा भ्रष्टाचार गर्न लागेको छ । गाउपालिका अध्यक्ष सिद्धार्थ यादवले सरकारको निर्देशिका विपरित राहत बांड्न सुरु गरेका हुन् ।

बुधबार औरही गाउपालिका १ मा राहत वितरण भयो । तर वडाध्यक्ष सुरैतलाल ठाकुरलाई गाउपालिखाले जानकारी नै गराएन । वडाध्यक्ष ठाकुरले राहत वितरण भइरहेको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारीलाई खबर गरे । तर त्यतिबेलासम्म करहरबा र करकट्टी टोलमा राहत वितरण गरिसकेको थियो ।

त्यहांको चार सय परिवारलाई राहत वितरण गरेको सुने, वडाध्यक्ष ठाकुरले भने, तर राहत कसले बांड्यो मलाई थाहा भएन । कसैलै औपचारिक जानकारी गराएको छैन । गाउपालिकाले नेकपाका कार्यकर्ता मार्फत राहत वाड्न लगाएको कुरा सुनेको छु ।

वितरण गरिएको राहतमा १५ किलोको दरले चामल दिएको भनिएको छ । तर चामल तौल्दा कसैको पनि १५ किलो पुगेन । कसैको पोकामा १२ किलो, त कसैको पोकामा १३र१४ किलो मात्र पुग्छ । राहतमा पनि भ्रष्टाचार गरिएको वडाध्यक्ष ठाकुरले बताए ।

उनका अनुसार कसैको राहतको पोकामा चिनी छैन, त कसैमा दाल छैन् । राहत वितरणमा गाउपालिका अध्यक्ष सिद्धार्थ यादवले चरम लापरबाही गरेका छन् । उनले भने, एक त हाम्रो अधिकार खोसियो, अर्को कुरा भने अनुसार राहत नबांडेर भ्रष्टाचार गरेका छन् ।

वडाध्यक्ष ठाकुरले गाउंपालिकालाई राहत वितरणका लागि ७१० गरिब, विपन्न तथा मजदुरहरुको नामावली पठाएका थिए । तर सो नामावली अनुसार समेत राहत वितरण गरेको देखिएन । नेकपा कार्यकर्तालाई मनोमानी ढंगले राहत वितरण गरिएको आरोप पनि वडाध्यक्ष ठाकुरले लगाए ।

गाउपालिका अध्यक्ष सिद्धार्थ यादवले राहत वितरणमा भ्रष्टाचार गरेको र सरकारले जारी गरेको निर्देशिका विपरित ढंगले राहत बाड्न लागेको कुरा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको वडाध्यक्ष ठाकुरले बताए । उनले भने, शुक्रबार प्रजिअसंग छलफल गर्न शुक्रवार सिरहा पुग्छौं । उहांको सल्लाह बमोजिम अगाडी बढ्छौं ।

यता, नेपाली कांग्रेसका स्थानीय नेता सुभाष यादवले गाउपालिका अध्यक्षले राहत वितरण मात्र नभएर खरिदमा समेत भ्रष्टाचार गरेको आरोप लगाए । उनले गोप्य टेण्डर गरी आफन्तबाट महङ्गोमा राहत सामग्री खरिद गरी अध्यक्षले भ्रष्टाचार गरेको बताए ।

उनले राहत सामग्री खरिद दररेटका लागि पटक पटक गाउपालिका पुगेपनि अध्यक्ष नभेटेको गुनासो समेत गरेका छन् । उनले राहत खरिदमा गरेको भ्रष्टाचारको छानबिन गर्न सम्बन्धित निकायसंग माग समेत गरे । अन्य ४ वडामा हालसम्म राहत वितरण नगरेको र वडा १ मा राहत बांड्दा मनोमानी गरेको आरोप पनि उनले लगाए ‌।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]