मनोज बनैता, सिरहा, ३१ बैशाख । लकडाउनको कारण दैनिकी चलाउन गाह्रो परेका लहान ६ का गरिब, विपन्न, एकल महिला तथा मजदुर परिवारलाई वृजेन्द्र फर्निचर लहान – ६ का संचालकले राहत स्परुप चामल बाडेका छन। फर्निचरका संचालक देवनाथ साह आफ्नो निजि आर्थिक सहयोगमा वडाको विभिन्न टोलमा बस्ने दलित, मजदुर, विपन्न परिवार ,एकल महिला गरि दुइ सय परिवारलाई २५ किलोको दरले चामल बाँडेका हुन ।
लकडाउनले अप्ठ्यारोमा परेका विपन्न, दैनिक ज्यालादारी, मजदुर, असहायहरूको पहिचान गरी सामाजिक दुरी कायम गरि राहत बाँडेको संचालक साहले जानकारी दिए । राहत वितरण कार्यक्रममा नेकपाका युवा नेता सत्य नारायण यादव , समाजसेवी बैजनाथ साह ,अजय कुमार साह ,समेश नायक ,नरेन्द्र कुमार झा , राम जतन साह , राजु अधिकारि ,प्रकाश रेग्मी , डाक्टर वृजेन्द्र कुमार साह लगायतको उपस्तिथी रहेको थियो।