०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

प्रदेशमा क्वारेन्टाइनको विस्तार र लकडाउनलाई प्रभावकारी बनाउने निर्णय

Logo
प्रकाशित बुधबार, बैशाख ३१, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,३१ बैशाख । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा अप्रत्यासित रुपमा वृद्धि भएपछि प्रदेश सरकारले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा आज बसेको उच्चस्तरीय समितिको बैठकले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने र प्रदेशको सिमानामा थप कडाइ, सीमापारिको आवतजावतलाई निरुत्साहित गर्न प्रचारप्रसार तीव्र बनाउने लगायतको निर्णय गरेको मुख्यमन्त्रीका स्वकीय सचिव जीतेन्द्र यादवले जानकारी गराउनुभयो ।

सो बैठकले सीमापारि रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने सम्बन्धमा आवश्यक कार्यविधि बनाई सङ्घ सरकारलाई आग्रह गर्ने र स्वदेश ल्याउनुपर्नेका लागि प्रत्येक जिल्लामा तीन÷तीन सय क्षमताको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ ।

यसका साथै कोरोना महामारी नियन्त्रणका लागि सङ्घ सरकारसँग थप बजेटको माग गर्ने निर्णयसमेत गरिएको स्वकीय सचिव यादवले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]