२० पुष २०८२, सोमबार
05-01-2026 , Mon
×

राहत बितरण भन्दा पनि विपन्नलाई रोजगारी देउ : सांसद अरगरिया

Logo
प्रकाशित शुक्रबार, जेठ ०२, २०७७

मनोज बनैता
सिरहा, २ जेष्ठ। प्रतिनिधीसभा सांसद तथा जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले लक डाउनको समयमा राहत बितरण गर्नुभन्दा विपन्नलाई रोजगारी दिन सुझाव दिएका छन । हाल खाधान्न वितरणको सवालमा अनेक टीका टिप्पणी हुँदैगरेकोले विपन्नलाई रोजगारी दिन सके तिनीहरूलाई सकसको अनुभुती नहुने अरगरियाको तर्क रहेको छ ।

उनी दुई महिनापछि देशको अवस्था कोरोनाभन्दा खतराक हुन सक्ने तिर पनि ध्यानाकर्षण गराएका छन । प्रतिनिधीसभाको बैठकमा बोल्दै सांसद अरगरियाले बर्षाको समय आएपछि कोरोनाभन्दा खतरनाक अवस्था आउन सक्ने बताए । उनले गत बर्षकै बर्षाको समयमा भत्केका नदीहरुको बाँध अहिलेसम्म नबाँधिएको हुनाले यसपालिको बर्षामा गाउँको गाउँ डुबानमा पर्ने वा बगाउन सक्ने बताए ।

उनले अहिलेको बजेट परम्परागत नै रहेको भन्दै कोरोनाले प्रभाव पार्न सक्ने बिषयलाई बजेटमा समेटनुपर्ने बताए । ‘सरकारको ध्यान यतातर्फ छैन’ अरगरियाले भने, “आगामी बर्षको बजेटमा पनि यसतर्फ ध्यान दिइएको अवस्था छैन् ।”

उनले कोरोनाले अर्थतन्त्रलाई पार्ने प्रभावको बिषयमा बजेटमा कुनै तथ्यांक प्रस्तुत नगरिएको बताए ।

प्रदेश २ मा बैज्ञानिक खेतीमा लगानी गर्न भन्दै उनले यसो गरिए प्रदेश २ ले समग्र देशलाई पाल्न सक्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]