२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

राहत बितरण भन्दा पनि विपन्नलाई रोजगारी देउ : सांसद अरगरिया

Logo
प्रकाशित शुक्रबार, जेठ ०२, २०७७

मनोज बनैता
सिरहा, २ जेष्ठ। प्रतिनिधीसभा सांसद तथा जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले लक डाउनको समयमा राहत बितरण गर्नुभन्दा विपन्नलाई रोजगारी दिन सुझाव दिएका छन । हाल खाधान्न वितरणको सवालमा अनेक टीका टिप्पणी हुँदैगरेकोले विपन्नलाई रोजगारी दिन सके तिनीहरूलाई सकसको अनुभुती नहुने अरगरियाको तर्क रहेको छ ।

उनी दुई महिनापछि देशको अवस्था कोरोनाभन्दा खतराक हुन सक्ने तिर पनि ध्यानाकर्षण गराएका छन । प्रतिनिधीसभाको बैठकमा बोल्दै सांसद अरगरियाले बर्षाको समय आएपछि कोरोनाभन्दा खतरनाक अवस्था आउन सक्ने बताए । उनले गत बर्षकै बर्षाको समयमा भत्केका नदीहरुको बाँध अहिलेसम्म नबाँधिएको हुनाले यसपालिको बर्षामा गाउँको गाउँ डुबानमा पर्ने वा बगाउन सक्ने बताए ।

उनले अहिलेको बजेट परम्परागत नै रहेको भन्दै कोरोनाले प्रभाव पार्न सक्ने बिषयलाई बजेटमा समेटनुपर्ने बताए । ‘सरकारको ध्यान यतातर्फ छैन’ अरगरियाले भने, “आगामी बर्षको बजेटमा पनि यसतर्फ ध्यान दिइएको अवस्था छैन् ।”

उनले कोरोनाले अर्थतन्त्रलाई पार्ने प्रभावको बिषयमा बजेटमा कुनै तथ्यांक प्रस्तुत नगरिएको बताए ।

प्रदेश २ मा बैज्ञानिक खेतीमा लगानी गर्न भन्दै उनले यसो गरिए प्रदेश २ ले समग्र देशलाई पाल्न सक्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]