१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

जनकपुरधाम राहत वितरणलाई निरन्तरता दिदै

Logo
प्रकाशित आइतबार, जेठ ०४, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,४ जेठ। जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहले लकडाउनका कारण दैनिक ज्यालादारी गरि जीवनयापन गर्ने परिवारलाई राहत वितरण गरेका छन् ।

उप–महानरपालिकाले वडाकार्यालयको माध्ययमबाट गरिव, विपन्न परिवारलाई राहत गर्ने काम शुरु गरेको छ । उप–महानगरपालिकाले १८ हजार भन्दा बढी परिवारलाई राहत वितरण गर्न लागेको छ ।जनकपुरधामको विन्हीमा मेयर साहले राहत वितरण गरेका छन् । गरिव, विपन्न, ज्यालादारी गरि परिवारको भरणपोषण गर्दै आएको परिवारलाई राहत वितरण गरेका हुन् ।

गरिव विपन्न परिवारको लगत संकलन गर्न सरकारले सवै पार्टीका प्रतिनिधि हुने गरि समिति बनाई राहत संकलन गर्ने परिपत्र गरेपछि राजनीतिक दलका प्रतिनिधिहरुले लगत संकलन गरेका थिए ।गरिव विपन्नहरुले धनी व्यक्तिले राहत लिएको गुनासो गरेका थिए तर, गरिव विपन्नले राहत नपाएको उनीहरुले आरोप लगाएका थिए ।

यता, जनकपुरधाम उप–महानगरपालिकाले नगरक्षेत्रमा दोस्रो चरणको स्यानिटाइजेशनको कार्य शुरु गरेको हो । पहिलो चरणमा नगरक्षेत्रलाई स्यानिटाइज गरि सकेका उप–महानगरले कोरोना भाईरसको प्रकोप बढेको भन्दै फेरी सेनिटाइजेसनको काम शुरु गरेको हो ।

उपमहानगरका उप–प्रमुख रिता झाले सेनिटाइजेशनको कार्यको शुरुवात भईसकेको जानकारी दिएकी छिन् । उनले भने कोरोना भाईरसको प्रकोपदिन प्रतिदिन बढ्दै गएको छ यस्तो अवस्थामा स्यानिटाइज गर्ने कार्यको थालिनी भईसकेको छ ।हामी कोरोनासंग लड्न हरसम्भव प्रयास गरि रहेका छौं ।

उप–महानगरपालिकाले यस भन्दा पहिला पनि नगरका सवै वडामा स्यानिटाइजेशन,लामखुट्टे विरुद्धको औषधी,चोक चोकमा हातधुने सावुन, स्यानिटाइजर लगायतका कार्यहरु गरि सकेका छन् । उप–महानगरद्वारा १८ हजार भन्दा बढी घर परिवारलाई वडा कार्यालयको माध्ययमवाट राहत वितरण समेत गरि सकेका छन् ।

उप–प्रमुख झाले भनिन्–पहिलेको अनुपात अहिले हाम्रो यहाँ कोरोनाको प्रकोप बढेको छ, पहिला कम संख्यामा थियो तर अहिले आएर बढ्दै गएको छ यस्तो अवस्थामा हामीले आम जनताको साथमा छौं उनीहरुलाई आतिनु पर्दैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]