०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

समर्थन गर्छौ ‘हेराफेरीवाल’ को? अनि व्यवस्था चाहियो ‘केजरीवाल’ को? : डा. राउत

Logo
प्रकाशित सोमबार, जेठ ०५, २०७७

मनोज बनैता
सिरहा, ५ जेठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रदेश सरकारमाथी ठूलो प्रहार गरेको छ । उनले यस्तो आरोप लगाए जनताले हेराफेरीवाललाई समर्थन गरि भारतका दिल्ली मुख्यमन्त्री केजरीवाल जस्तो ब्यवस्था आउने कल्पना गर्नु ब्यर्थ हो ।

डा राउतका अनुसार प्रदेश सरकारले एक एक पोखरी सौन्दर्यीकरण (“कार्यकर्ता-पालन”) को नाममा ७-७ करोड़ बजेट विनियोजन गर्दा, ४-४ करोड़ भण्डारामा खर्च गर्दा, ८४ व्यञ्जनमा करौंडौं उडाउँदा, खामबंद गरेर पैसा बाँटदा, र काम गर्नुको सट्टा साढे दुई वर्ष सुतेर बस्दा मधेसी जनताले ताली बजाए । अनि अहिले प्रादेशिक अस्पतालमा २-४ वटा भेन्टिलेटर र आइसियू पनि छैन, भनेर चिच्याएर हुन्छ ?

राउतले भने मधेसीले भ्रष्टलाई जिताए र स्वास्थ्य-मन्त्री बनाए । तर दुर्भाग्य ती मन्त्री ३ पटक पनि आफ्नो क्षेत्रका जनता हेर्न नगई १९ महिनामा ३० पटक सरर विदेश घुमे, स्वास्थ्य उपकरण खरीदमा करौंडौं कमीशन खाए । मधेशका अस्पतालमा योग्यलाई नियुक्ति नदिई सुपरिटेन्डेन्ट/अस्पताल विकास समिति अध्यक्ष लगायत ३-३ दर्जन आफ्नै कार्यकर्ता घूस लिएर नियुक्त गरे साथै सरूवा-बढुवामा २०-२० लाख घूस खाँदा पनि मधेसी जनताले ताली बजाई राखे । जसको फलस्वरूप अहिले अस्पतालले भर्ना न लिने, उपचार न गरिदिने, अस्पतालका कर्मचारीले पिटने, वार्डमै बलात्कार गरिने, सरकारी औषधी झवाम्मै पारिदिने अमानवीय काम भईराखेको छ ।

उनले भने ‘हामी मधेसीले नै जितायौ नामूद अपराधी, डकैत र लठैतहरूलाई त्यसकारण यिनीहरू अहिले आएर आफ्ना लठैतहरुद्वारा कुटपिट गराउने, ट्यूवबेल उखेलेर लग्ने, इनारको पानी खान नदिने, खेत खोस्ने, गहुँ काटेर लग्ने,  घरमाथि डोजर चलाइदिने जस्ता घृणित कार्यहरू गरिरहेका छन ।’

डा.राउतले आक्रोश पोख्दै भने हामी मधेसीले जितायौ शहिदको रगतचोर, तेलचोर र तस्करहरूलाई अनि उनीहरूले राहतको चामल चोर्यो, दाल चोर्यो भनेर रोएर हुन्छ ? जितायौ कमीशनखोर भ्रष्ट र ‘भिजन’हीनहरूलाई अनि रुखमुनि सुविधाविहिन क्वारेन्टाइनमा मुरही खाएर कसरी बाँच्ने, भनेर रोएर हुन्छ ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]