२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

मधेशीलाई हेपेको भन्दै विद्यार्थी जनमत संघद्वारा बिरोध कार्यक्रम सार्वजनिक

Logo
प्रकाशित बिहिबार, जेठ ०८, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,८ जेष्ठ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघले मधेशी समुदायमाथि कृषि टेलिभिजनले कोरोना गफगाफ भन्ने कार्यक्रम मार्फत व्यंगय प्रहार गर्दै हेपाहा प्रवृत्ति देखाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघले त्यो अक्षम्य र असहनीय दुवै देखिएको जनाएको छ ।

मधेशी समुदायलाई हेपेको भन्दै संघले बिरोध कार्यक्रम घोषणा गरेको छ । बिरोध स्वरुप बिहीबार कृषि टेलिभिजनको कपिमा कार्टुन बनाई विरोध गर्ने, शुक्रबार सूचना तथा संचार मन्त्रालयले कार्वाही नगरे शनिबार एक दिनको लागि फेसबुक प्रोफाइल कालो राखी बिरोध गर्ने जनाएको छ ।

यस्तै, आईतबार प्रेस काउन्सिलले टेलिभिजन र प्रस्तोतालाई कारबाही नगरे (प्रेस काउन्सिल) कालो अक्षरमा लेखेर फेसबुकमा पोष्ट गर्ने, सोमबार प्रेस काउन्सिलमा मेल मार्फत ध्यानाकर्षण पत्र बुझाउने, मंगलबार पनि कार्वाही नगरेको पाइएमा प्रेस काउन्सिल को विरोध स्वरुप सदा पानामा प्रेस काउन्सिल लेखेर घरमै बसेर पाना जलाई सञ्चार मर्यादा विहिन र पुर्वाग्रही प्रति ध्यानाकर्षण गराउने संघका अध्यक्ष पोषण कुमार यादवले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ ।

त्यसपछि पनि कार्वाही नगरिए थप कार्यक्रम घोषणा गरिने र बीचमै कार्वाही गरिएमा कार्वाही भएकै दिनदेखि बिरोधका कार्यक्रम स्वतः फिर्ता हुने बिज्ञप्तीमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]