३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

झुपडी सम्मको यात्रामा निरन्तर यी जोडी, निजि खर्चमा संबेदनाको मलहम लगाउदै

Logo
प्रकाशित बिहिबार, जेठ ०८, २०७७

मनोज बनैता, सिरहा, ८ जेठ । सरकार द्वारा जारी महिनौं देखिको लकडाउनका कारण दैनिक मजदुरी गरि खाने लगायत मध्यम वर्गीयले समेत सास्ती भोग्नुपरेको छ । खासगरी दैनिक ज्यालादारीमा काम गर्नेहरु लाई दिन दिनै भोकमरी को चिन्ताले सताईरहेको अवस्था छ। लाहानका स्थानिय सरकारले राहतको पहिलो चरणको खाद्यान्न बितरण सकेको दावी गरेका छन भने दोस्रो चरण को राहत बितरण हालसम्म बिचाराधिन रहेको छ ।

स्थानीय सरकारको उदासीनताले घायल लाहान नगरका मजदुरलाई भने समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यले निरन्तर मलहम लगाउने प्रयास गरिरहेका छन । लकडाउनको पुर्वसन्ध्या देखि नै यी जोडीले शुरु गरेको झुपडी सम्मको यात्रालाई कायमै राखेका छन । यिनीहरूको समाज प्रतिको मायालाई लाहान नगरवासी ले सकारात्मक रुपमा लिएका छन । निजि खर्चमा पहिलो चरणको राहत बितरण गरिसकेका यी जोडी भने अहिले दोस्रो चरणको राहत लिई दौडधुपमा लागेका छन । वास्तविक पिडितको नामावली संकलन गरि यी जोडीले विभिन्न मनकारीहरुको साथ र सहयोग लिई राहत वितरण गरिरहेका छन ।

हालमै फेरि चौधरी र कर्माचार्यले सिरहाको लहान नगरपालिका वडा नम्बर ४ स्थित खुट्टि खोलाका किनारमा रहेका सुकुम्बासी बस्तीमा राहत बितरण गरेका छन । उक्त बस्तीमा उनीहरुले ६० घर धुरीलाई राहत वितरण गरेका छन ।

प्राप्त जानकारी अनुसार यी मनकारीहरुले सुन्दरपुरमा ३४ घर हिंदू र २६ घर धुरी मुस्लिमहरुको बस्तीमा समेत खाद्यान्न पुर्याएका छन । राहत समाग्रीमा १० किलो चामल ,१ किलो दाल, १ पोका खाने तेल १ किलो नुन ,१ किलो आलु वितरण गरेको जानकारी कर्माचार्य ले दिईन जसमा उनीहरूलाई गुरुकुल होस्पिटलका संचालक दिपेन्द्र यादव , मजनु बाबा पान पसलका संचालक र एपोलो ॐ बोर्डिङ सकुल लगायतले सहयोग गरेका थिए ।

त्यसैगरी यिनीहरूले मंगलबार सगरमाथा ऋण सहकारी संस्था , लहान प्यारागन पब्लिक स्कुल लहान ३ र एपोलो ॐ स्कुलको आर्थिक सहयोगमा लहान नगरपालिका-३ होस्पिटल पछाड़ी वसोवास गर्ने मुसहर बस्तीका ८० घर परिवार मुसहर, पासमान र मल्लिक बसोबास गर्ने बस्तीमा दोस्रो चरणको राहत स्वरुप १० किलो चमाल,१ प्याकेट तेल र १ किलो नून उपलब्ध गराइएको नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कर्माचार्यले जानकारी दिईन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]