११ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
×

झुपडी सम्मको यात्रामा निरन्तर यी जोडी, निजि खर्चमा संबेदनाको मलहम लगाउदै

Logo
प्रकाशित बिहिबार, जेठ ०८, २०७७

मनोज बनैता, सिरहा, ८ जेठ । सरकार द्वारा जारी महिनौं देखिको लकडाउनका कारण दैनिक मजदुरी गरि खाने लगायत मध्यम वर्गीयले समेत सास्ती भोग्नुपरेको छ । खासगरी दैनिक ज्यालादारीमा काम गर्नेहरु लाई दिन दिनै भोकमरी को चिन्ताले सताईरहेको अवस्था छ। लाहानका स्थानिय सरकारले राहतको पहिलो चरणको खाद्यान्न बितरण सकेको दावी गरेका छन भने दोस्रो चरण को राहत बितरण हालसम्म बिचाराधिन रहेको छ ।

स्थानीय सरकारको उदासीनताले घायल लाहान नगरका मजदुरलाई भने समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यले निरन्तर मलहम लगाउने प्रयास गरिरहेका छन । लकडाउनको पुर्वसन्ध्या देखि नै यी जोडीले शुरु गरेको झुपडी सम्मको यात्रालाई कायमै राखेका छन । यिनीहरूको समाज प्रतिको मायालाई लाहान नगरवासी ले सकारात्मक रुपमा लिएका छन । निजि खर्चमा पहिलो चरणको राहत बितरण गरिसकेका यी जोडी भने अहिले दोस्रो चरणको राहत लिई दौडधुपमा लागेका छन । वास्तविक पिडितको नामावली संकलन गरि यी जोडीले विभिन्न मनकारीहरुको साथ र सहयोग लिई राहत वितरण गरिरहेका छन ।

हालमै फेरि चौधरी र कर्माचार्यले सिरहाको लहान नगरपालिका वडा नम्बर ४ स्थित खुट्टि खोलाका किनारमा रहेका सुकुम्बासी बस्तीमा राहत बितरण गरेका छन । उक्त बस्तीमा उनीहरुले ६० घर धुरीलाई राहत वितरण गरेका छन ।

प्राप्त जानकारी अनुसार यी मनकारीहरुले सुन्दरपुरमा ३४ घर हिंदू र २६ घर धुरी मुस्लिमहरुको बस्तीमा समेत खाद्यान्न पुर्याएका छन । राहत समाग्रीमा १० किलो चामल ,१ किलो दाल, १ पोका खाने तेल १ किलो नुन ,१ किलो आलु वितरण गरेको जानकारी कर्माचार्य ले दिईन जसमा उनीहरूलाई गुरुकुल होस्पिटलका संचालक दिपेन्द्र यादव , मजनु बाबा पान पसलका संचालक र एपोलो ॐ बोर्डिङ सकुल लगायतले सहयोग गरेका थिए ।

त्यसैगरी यिनीहरूले मंगलबार सगरमाथा ऋण सहकारी संस्था , लहान प्यारागन पब्लिक स्कुल लहान ३ र एपोलो ॐ स्कुलको आर्थिक सहयोगमा लहान नगरपालिका-३ होस्पिटल पछाड़ी वसोवास गर्ने मुसहर बस्तीका ८० घर परिवार मुसहर, पासमान र मल्लिक बसोबास गर्ने बस्तीमा दोस्रो चरणको राहत स्वरुप १० किलो चमाल,१ प्याकेट तेल र १ किलो नून उपलब्ध गराइएको नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कर्माचार्यले जानकारी दिईन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]