२५ पुष २०८२, शनिबार
10-01-2026 , Sat
×

पत्रकार बनैतामाथि दुर्व्यावहार गर्ने प्रहरीलाई कारवाहीको माग

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

सिबेन्द्र रोहिता
जनकपुरधाम ,९ जेठ । कोरोना भाइरसको त्रास अहिले विश्वभरनै फैलिरहेको अवस्थामा नेपाल सरकारले यसबाट जोगिनकोलागि देशव्यापी रुपमा लकडाउन गरेको छ । यस अवस्थामापनि आफ्नो ज्यानको पर्वाह नगरी जोखिममा राखेर संचारकर्मी गाउ गाउ गएर रिपोर्टिङ्ग गरेर सुचना प्रभाह गर्नेको लागि दिन रात खटिरहे पत्रकार मनोज बनैतामाथि प्रहरीले दुव्र्यबहार गरेको छ ।

शुक्रबार पत्रकार बनैताले आफ्नो गाउँबाट लहान आउने क्रममा इलाका प्रहरी कार्यालय लहानका असई आरएन यादवले मोटरसाइकल रोकेर दुव्र्यबहार गरेको छ ।

असई यादवले दादागिरी देखाउदै पत्रकार बनैताको मोटरसाइकलको चाबी खोसनलागे पछि ‘पत्रकार बनैताले भने संचारकर्मी भएको कार्ड देखाउँदा देखाउँदै पनि असई यादवले चाबी खोसेर गालीगलौज गरेको बताए ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाका कोषाध्यक्ष ,हिमालानी हिन्दीका सम्बादाता समेत रहेका बनैतालाई लहानमा प्रहरीले मोटरसाइकल रोकेर चाबी खोस्दै गालीगलौज गरेको बताए ।

पत्रकार बनैताले आफ्नो सामाजिक संजाल फेसबुकमा आफुमाथि दुव्र्यबहार गरेको पोस्ट गरेपछि व्यापक रुपमा संचारकर्मीहरु उक्त घटनालाई छानविन गरेर सम्बन्धित असईमाथि कारवाहीको माग समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]