२६ पुष २०८२, आइतबार
11-01-2026 , Sun
×

पतिको लामो आयु र सन्तान प्राप्तिको लागि वट सावित्री पर्व : बर्षा साह

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

मनोज बनैता, सिरहा, १० जेठ । सिरहा लगायत मधेसको अधिकान्स जिल्लामा शुक्रबार वट सावित्री पर्व मनाईएको छ । दिनभरी उपास (व्रत ) बसी मनाईने यस पर्वमा बर बृक्षको पुजाआजा गरिन्छ ।

लाहान १ कि वर्तालु वर्षा साहको अनुसार पतिको लामो आयु र सन्तान प्राप्तिको निम्ति यो पर्व मनाईदै आएको हो । उनले भनिन “बट सावित्री पूजा (बरसाइत) को दिन सावित्री-सत्यवान कथा पाठ पढी मनाईने गरिन्छ । यसमा बरको बृक्षलाई पति मानी पूजा को थाली मा फल- फूल मिठाई , आँप, लीची , धानको लाबा, चना , मूंग को अंकुर, बर को फल आदि राखी बृक्षलाई अर्पण  गरिन्छ ।
साथै वर बृक्षको चारै तिर बाट घुमाएर रक्षा- धागो बाँधिन्छ ।”

साहको अनुसार त्यसदिन खास गरि श्रीमानलाई पंखाको हावा ले शितलता प्रदान गर्नुको साथ साथै अंगालो समेत मार्ने गर्छन । जेष्ठ अमावस्या को दिन वट वृक्ष को परिक्रमा गर्दा ब्रह्मा, विष्णु र महेश ले विवाहित जोडी लाई सदा सुहागन रहने वरदान दिने मान्यता रहेको पाईन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]