२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

पतिको लामो आयु र सन्तान प्राप्तिको लागि वट सावित्री पर्व : बर्षा साह

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

मनोज बनैता, सिरहा, १० जेठ । सिरहा लगायत मधेसको अधिकान्स जिल्लामा शुक्रबार वट सावित्री पर्व मनाईएको छ । दिनभरी उपास (व्रत ) बसी मनाईने यस पर्वमा बर बृक्षको पुजाआजा गरिन्छ ।

लाहान १ कि वर्तालु वर्षा साहको अनुसार पतिको लामो आयु र सन्तान प्राप्तिको निम्ति यो पर्व मनाईदै आएको हो । उनले भनिन “बट सावित्री पूजा (बरसाइत) को दिन सावित्री-सत्यवान कथा पाठ पढी मनाईने गरिन्छ । यसमा बरको बृक्षलाई पति मानी पूजा को थाली मा फल- फूल मिठाई , आँप, लीची , धानको लाबा, चना , मूंग को अंकुर, बर को फल आदि राखी बृक्षलाई अर्पण  गरिन्छ ।
साथै वर बृक्षको चारै तिर बाट घुमाएर रक्षा- धागो बाँधिन्छ ।”

साहको अनुसार त्यसदिन खास गरि श्रीमानलाई पंखाको हावा ले शितलता प्रदान गर्नुको साथ साथै अंगालो समेत मार्ने गर्छन । जेष्ठ अमावस्या को दिन वट वृक्ष को परिक्रमा गर्दा ब्रह्मा, विष्णु र महेश ले विवाहित जोडी लाई सदा सुहागन रहने वरदान दिने मान्यता रहेको पाईन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]