न्यूजमधेश सम्बादाता
कञ्चनपुर, १० जेठ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय अशोक धामीको नहरमा डुबेर आज मृत्यु भएको छ ।

घर नजिकैको महाकाली सिँचाइको नहरमा नुहाउने क्रममा डुबेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले जनाएको छ ।

नुहाउन गएका धामी नहरमा डुबेपछि स्थानीय बासिन्दा र प्रहरीले पाँच घण्टापछि शव फेला पारेको हो । मृतकको महाकाली अस्पतालमा शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ ।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2020 News Madhesh