१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

सिरहाको औरहीमा भु.पु विद्यार्थी मञ्च गठन

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

न्यूजमधेश सम्बादाता
लाहन ,१० जेठ । सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ स्थित रहेको सुन्दर जनता माध्यमिक बिधालयमा आज एक कार्यक्रम विच भु.पु विद्यार्थी मञ्च गठन गरिएको छ।

बिधालयका भुपु बिद्यार्थी तथा शिक्षा प्रेमी रामबालक यादबको अध्यक्षतामा बसेको बैठकले ११ सदस्य तदर्थ समिति गठन गएका छन् । समितिको अध्यक्षमा भु.पु विद्यार्थी दिपेन्द्र यादबलाई चयन गरेको छ।

त्यसैगरी उपाध्यक्षमा रुनिता यादब , कोषाध्यक्षमा सञ्जु पासवान , सचीवमा रुपेश यादब रहेका छन ।मञ्चको सल्लाहकारमा रामबालक यादब , मनोज यादब , बिमल कुमार यादब , बिरेन्द्र यादब , संजय यादब , रामरिझन यादब लगाइतका व्यक्तिहरु रहेको छ ।

मञ्चले गुणस्तरीय, आधुनिक तथा प्राबिधिक शिक्षा हासिल गर्न , समाज उत्थान गर्न विभिन्न कार्यक्रम( संस्कृति , खेलकुद , अतिरिक्त क्रियाकलाप ) तथा भुपु र बर्तमन विद्यार्थीहरुले प्रगति गरे सम्मान गरि हौसला बढाउने जस्ता काम गर्ने उदेश्यहरु राखेको छ। बिधालयमा विद्यार्थी, शिक्षक र अभिभावक बिच तृपक्ष्य समन्वय गरि शैक्षिक बाताबरण उकास मदत गर्ने मञ्चका अध्यक्ष दिपेन्द्र यादबले बताए।

तदर्थ समितीले आवश्यक प्रक्रिया पुरा गरि लकडाउन पछि छिटै नै साधारण सभा गरेर आगाडी बढ्ने अध्यक्ष यादवले बताए ।

कार्यक्रम नेपाल सरकारको निर्देशन बमोजिम समाजिक दुरी कायम गरि व्यबस्थित तरिकाबाट गरुएको थियो। यस बिधालयका भुपु विद्यार्थीहरुलाई तदर्थ समिती सङ सम्पर्क गर्न र यस मञ्चमा आबद्ध हुन पनि अनुरोध गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]