०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

सिरहाको औरहीमा भु.पु विद्यार्थी मञ्च गठन

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

न्यूजमधेश सम्बादाता
लाहन ,१० जेठ । सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ स्थित रहेको सुन्दर जनता माध्यमिक बिधालयमा आज एक कार्यक्रम विच भु.पु विद्यार्थी मञ्च गठन गरिएको छ।

बिधालयका भुपु बिद्यार्थी तथा शिक्षा प्रेमी रामबालक यादबको अध्यक्षतामा बसेको बैठकले ११ सदस्य तदर्थ समिति गठन गएका छन् । समितिको अध्यक्षमा भु.पु विद्यार्थी दिपेन्द्र यादबलाई चयन गरेको छ।

त्यसैगरी उपाध्यक्षमा रुनिता यादब , कोषाध्यक्षमा सञ्जु पासवान , सचीवमा रुपेश यादब रहेका छन ।मञ्चको सल्लाहकारमा रामबालक यादब , मनोज यादब , बिमल कुमार यादब , बिरेन्द्र यादब , संजय यादब , रामरिझन यादब लगाइतका व्यक्तिहरु रहेको छ ।

मञ्चले गुणस्तरीय, आधुनिक तथा प्राबिधिक शिक्षा हासिल गर्न , समाज उत्थान गर्न विभिन्न कार्यक्रम( संस्कृति , खेलकुद , अतिरिक्त क्रियाकलाप ) तथा भुपु र बर्तमन विद्यार्थीहरुले प्रगति गरे सम्मान गरि हौसला बढाउने जस्ता काम गर्ने उदेश्यहरु राखेको छ। बिधालयमा विद्यार्थी, शिक्षक र अभिभावक बिच तृपक्ष्य समन्वय गरि शैक्षिक बाताबरण उकास मदत गर्ने मञ्चका अध्यक्ष दिपेन्द्र यादबले बताए।

तदर्थ समितीले आवश्यक प्रक्रिया पुरा गरि लकडाउन पछि छिटै नै साधारण सभा गरेर आगाडी बढ्ने अध्यक्ष यादवले बताए ।

कार्यक्रम नेपाल सरकारको निर्देशन बमोजिम समाजिक दुरी कायम गरि व्यबस्थित तरिकाबाट गरुएको थियो। यस बिधालयका भुपु विद्यार्थीहरुलाई तदर्थ समिती सङ सम्पर्क गर्न र यस मञ्चमा आबद्ध हुन पनि अनुरोध गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]