२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

डिप्लोमा ईन्जिनियर जनमत संघ गठन अध्यक्षमा ई.मैरता

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,११ जेठ । देशलाई समृद्ध बनाउन तथा डिप्लोमा इन्जिनियरहरूको हकहित सुरक्षित गर्न डा.सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन डिप्लोमा ईन्जिनियर जनमत संघ ई. मुकेश मैरता नेतृत्वमा २०७ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको छ ।

भिडियो कन्फरेन्स मार्फत् ई. दीपक कुमार साहको अध्यक्षतामा गत बुधवार विभिन्न जिल्लाका डिप्लोमा ईन्जिनियरहरूसँग बैठक गरी सब ई. मुकेश मैरतालाई संयोजक र सब ई. ओम राउत लाई संचार प्रमुखको जिम्मा दिई “डिप्लोमा ईन्जिनियर जनमत संघ केन्द्रीय तदर्थ समिति” गठन गरिएको हो ।

प्रदेश र जिल्ला समितिहरू बन्दै जानेछन् र केही महिनामा पूर्ण केन्द्रिय समिति पनि गठन हुनेछ । यस तदर्थ समितिले आवश्यक उपसमितिहरू बनाई ६ महिना भित्र यस संघको विधान तथा घोषणापत्र समेत तैयार गर्दै अधिवेशन मार्फत् डिप्लोमा ईन्जिनियर जनमत संघ गठन गर्ने जिम्मेवारी पाएको जनमत पार्टीका केन्द्रीय सदस्य ई.दिपक साहले जानकारी दिएका छन् ।

समाजको सम्यक् परिवर्तनमा आफ्नो अहम् भूमिका निर्वाह गर्न अहिले देखि नै ब्लूप्रिंट तैयार गर्दै यो सँस्था अगाडि बढने छ र नयाँ युगको शुरुवातको अभिभारा लिने छ ।

“डिप्लोमा ईन्जिनियर जनमत संघ” देशलाई समृद्ध बनाउन आवश्यक योजना बनाउन, ईन्जिनियरिङ्ग पेशाका गुणस्तर बढाउन, डिप्लोमा ईन्जिनियरहरुको हक–हितको लागि संघर्ष गर्न तथा उनीहरूलाई अन्तर्रा्ष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराउन काम गर्ने गैर सरकारी सामाजिक संस्था रहेको जनाइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]