२६ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
×

डिप्लोमा ईन्जिनियर जनमत संघ गठन अध्यक्षमा ई.मैरता

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,११ जेठ । देशलाई समृद्ध बनाउन तथा डिप्लोमा इन्जिनियरहरूको हकहित सुरक्षित गर्न डा.सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन डिप्लोमा ईन्जिनियर जनमत संघ ई. मुकेश मैरता नेतृत्वमा २०७ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको छ ।

भिडियो कन्फरेन्स मार्फत् ई. दीपक कुमार साहको अध्यक्षतामा गत बुधवार विभिन्न जिल्लाका डिप्लोमा ईन्जिनियरहरूसँग बैठक गरी सब ई. मुकेश मैरतालाई संयोजक र सब ई. ओम राउत लाई संचार प्रमुखको जिम्मा दिई “डिप्लोमा ईन्जिनियर जनमत संघ केन्द्रीय तदर्थ समिति” गठन गरिएको हो ।

प्रदेश र जिल्ला समितिहरू बन्दै जानेछन् र केही महिनामा पूर्ण केन्द्रिय समिति पनि गठन हुनेछ । यस तदर्थ समितिले आवश्यक उपसमितिहरू बनाई ६ महिना भित्र यस संघको विधान तथा घोषणापत्र समेत तैयार गर्दै अधिवेशन मार्फत् डिप्लोमा ईन्जिनियर जनमत संघ गठन गर्ने जिम्मेवारी पाएको जनमत पार्टीका केन्द्रीय सदस्य ई.दिपक साहले जानकारी दिएका छन् ।

समाजको सम्यक् परिवर्तनमा आफ्नो अहम् भूमिका निर्वाह गर्न अहिले देखि नै ब्लूप्रिंट तैयार गर्दै यो सँस्था अगाडि बढने छ र नयाँ युगको शुरुवातको अभिभारा लिने छ ।

“डिप्लोमा ईन्जिनियर जनमत संघ” देशलाई समृद्ध बनाउन आवश्यक योजना बनाउन, ईन्जिनियरिङ्ग पेशाका गुणस्तर बढाउन, डिप्लोमा ईन्जिनियरहरुको हक–हितको लागि संघर्ष गर्न तथा उनीहरूलाई अन्तर्रा्ष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराउन काम गर्ने गैर सरकारी सामाजिक संस्था रहेको जनाइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]