१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

नगर प्रमुख सिंहद्वारा ईदको शुभकामना

Logo
प्रकाशित सोमबार, जेठ १२, २०७७

न्यूजमधेश सम्बादाता
राजविराज ,१२ जेठ । सप्तरीको बोदेबरसाइन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंहले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित भएर इद मनाउन मुस्लिम समुदायलाई अपिल गर्नुभएको छ ।

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इदउल फित्रको अवसरमा आज न्यूजमधेश संग कुरा गर्दै उहाँले यस वर्ष विश्वभर फैलिएको कोभिड–१९ का कारण यी चाडपर्व खुला र भव्यरुपमा आयोजना गरी मनाउन सम्भव नभएकाले सुरक्षित भएर इद मनाउन मुस्लिम समुदायलाई अपिल गर्नुभएको हो ।

उहाँले विभिन्न धर्म, संस्कृति, वेषभूषा, रहनसहन र पहिचानको विविधिताले सम्पन्न हाम्रो मुलुकमा हरेक जातजाति र धर्मका आआफ्नै मौलिक संस्कृति र पहिचान रहेको बताउँदै उहाँले सन्देशमा भन्नुभएको छ, “धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने ईदउल फित्र जस्ता पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र धार्मिक समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्दै ऐतिहासिक एवं मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।”

नगर प्रमुख सिंहले नेपाललगायत विश्वका विभिन्न मुलुकमा रहेका इस्लाम धर्मावलम्बीले मनाउने इदउल फित्र चाडको पनि आफ्नो छुट्टै पहिचान, मौलिकता र विशिष्टता रहेको छ उल्लेख गर्दै हाम्रो मुलुकमा मनाइने यी र यस्ता चाडपर्वका माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दीगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो सन्देशमा भन्नुभएको छ ।

उहाँले सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोउत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले ईदउल फित्र पर्वले हामी सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि, भ्रातृत्व, सद्भाव, सहिष्णुता र एकता कायम गर्दै समृद्ध नगर निर्माणमा अगाडि बढ्न एवं कोभिड–१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]