२३ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

काेराेनामुक्त भएर घर फर्किए बाँकेका एक युवक

Logo
प्रकाशित सोमबार, जेठ १२, २०७७

न्यूजमधेश सम्बादाता
बाँके,१२ जेठ । बाँकेमा एक युवक काेराेनामुक्त भएर घर फर्किएका छन्।

खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-८ का १८ वर्षीय युवक पूर्णरूपमा स्वस्थ भई घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार खजुरास्थित कोरोना विशेष अस्पतालमा उपचारपछि स्वस्थ भएर घर फर्किनेको संख्या अब २२ पुगेको छ।

तीन दिनअघि मात्रै नेपालगञ्जका पहिलो संक्रमितसहित एकैपटक २१ जना कोरोनामुक्त भएर घर फर्किएका थिए।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचार गराइरहेका युवकमा दोस्रोपटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि स्वास्थ्य परामर्शका साथ घर पठाइएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए।

खजुराको कोरोना विशेष अस्पतालमा रहेका नेपालगञ्ज-८, जोलाहनपूर्वाका अझै तीनजनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको उनकाे भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]