१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

सर्वोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिती गठन

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

कैलाश दास
जनकपुरधाम,१४ जेठ । धनुषाको औरही गाउँपालिका वडा नं. १ पौडेश्वर स्थित सर्वोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको गठन भएको छ।समितिको अध्यक्षमा सर्वसम्मतिबाट परमेश्वर साहलाई चयन गरिएको छ।

गाउँपालिका अन्तरगत रहेको गाउँपालिका शिक्षा समितिले साहलाई चैत्र ४ गते नै अध्यक्षका लागि घोषणा गरेपनि कोरोना भाइरसको रोकथामका लागि सरकारले लगाएको लकडाउको कारण उनीहरुको सपथ ग्रहरण तथा पद हस्तान्तरण हुन नसकेको थिएन ।

विद्यालयकै प्राङ्गणमा मंगलवार ७ सदस्यीय विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सोही गाउँपालिकाका अध्यक्ष ब्रम्हदेव यादवको प्रमुख अतिथ्यमा सपथ ग्रहण तथा पद हस्तान्तरण गराइएको छ ।

समितिको सदस्यहरुमा दीप रोशन यादव उर्फ दीपक, मकेश्वर प्रसाद साह, संजीता सहनीरहेका छन् । त्यस्तै पदनीय सदस्यमा सोही वडाका वडा अध्यक्ष अशेश्वर यादव, पदनीय सचिवमा विद्यालयका प्राध्यापक गणेश साह र शिक्षक सोभन साह रहेको जनाइएको छ ।

सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा लकडाउनलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम राखेका थिए ।कार्यक्रममा रामजानकी माध्यमिक विद्यालयका विव्य समिति अध्यक्ष सुजित कुमार यादव, स्थानीय भलभलादमी, राजनीतिक दलका प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]