०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

सरकारी स्कुलमा निशुल्क पाइने किताबको मनपरी शुल्क असुली गर्दै

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१४ जेठ । मुलुक अहिले कोरोना भाइरसको सन्त्रासमा छ, दैनिक रुपमा कोरोना संक्रमित बढदै जानुले नेपालमा पनि कोरोना महामारी बढन सक्ने शंका पैदा भएको छ ।

तर, धनुषाको शहिद नगरपालिकाको वडा नम्बर ७ धबौली स्थित एसएनआर जनता उच्च मावि धवौलीमा सरकारले जारी गरेको लकडाउनको उल्लंघन गर्दै सयौँ विद्यार्थीलाई जम्मा पारेर निशुल्क पाइने किताबको मनपरी शुल्क असुल्दै वितरण गरेको छ ।

जहाँ सयौँ विद्यार्थीलाई जम्मा पारिएको थियो । विद्यालयका प्रधानाध्यापक श्रीप्रसाद गोहिवारको निर्देशनमा कक्षा ७, ८ र ९ का विद्यार्थीहरुलाई किताबको शुल्क लिएर वितरण गरिएको हो ।

स्थानीय तहसँग समन्वय नै नगरी विद्यालयले मनपरी गरेको जनप्रतिनिधिको आरोप छ । यता, निःशुल्क किताब वितरण गर्नुपर्नेमा विद्यार्थीहरुसँग चार सय बीस रुपैयाँ बिना बिलको रकम असुल गरिएको अभिभावकको गुनासो छ ।

विद्यार्थीलाई किताब वितरण गरेको तर रकम असुल नगरेको एक शिक्षकको दाबी छ । विद्यालयले किताब वितरण गर्नुछ भनी आफूहरुलाई बोलाएको विद्यार्थीले आरोप लगाएका छन् ।

शहिदनगर नगरपालिकामा यसभन्दा पहिले पनि सरकारले जारी गरेको लकडाउनको उल्लंघन गर्दै किताब वितरणको नाममा विद्यार्थीलाई जम्मा पारिएको थियो । यस सम्बन्धमा विद्यालयका प्रधानअध्यापकसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।-जनता समाचार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]