२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

सरकारी स्कुलमा निशुल्क पाइने किताबको मनपरी शुल्क असुली गर्दै

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१४ जेठ । मुलुक अहिले कोरोना भाइरसको सन्त्रासमा छ, दैनिक रुपमा कोरोना संक्रमित बढदै जानुले नेपालमा पनि कोरोना महामारी बढन सक्ने शंका पैदा भएको छ ।

तर, धनुषाको शहिद नगरपालिकाको वडा नम्बर ७ धबौली स्थित एसएनआर जनता उच्च मावि धवौलीमा सरकारले जारी गरेको लकडाउनको उल्लंघन गर्दै सयौँ विद्यार्थीलाई जम्मा पारेर निशुल्क पाइने किताबको मनपरी शुल्क असुल्दै वितरण गरेको छ ।

जहाँ सयौँ विद्यार्थीलाई जम्मा पारिएको थियो । विद्यालयका प्रधानाध्यापक श्रीप्रसाद गोहिवारको निर्देशनमा कक्षा ७, ८ र ९ का विद्यार्थीहरुलाई किताबको शुल्क लिएर वितरण गरिएको हो ।

स्थानीय तहसँग समन्वय नै नगरी विद्यालयले मनपरी गरेको जनप्रतिनिधिको आरोप छ । यता, निःशुल्क किताब वितरण गर्नुपर्नेमा विद्यार्थीहरुसँग चार सय बीस रुपैयाँ बिना बिलको रकम असुल गरिएको अभिभावकको गुनासो छ ।

विद्यार्थीलाई किताब वितरण गरेको तर रकम असुल नगरेको एक शिक्षकको दाबी छ । विद्यालयले किताब वितरण गर्नुछ भनी आफूहरुलाई बोलाएको विद्यार्थीले आरोप लगाएका छन् ।

शहिदनगर नगरपालिकामा यसभन्दा पहिले पनि सरकारले जारी गरेको लकडाउनको उल्लंघन गर्दै किताब वितरणको नाममा विद्यार्थीलाई जम्मा पारिएको थियो । यस सम्बन्धमा विद्यालयका प्रधानअध्यापकसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।-जनता समाचार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]