१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

मधेश ईन्जिनियर्स एसोसिएसनद्वारा ३ उपसमिती गठन

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

मनोज मोरबैता
जनकपुरधाम,१४ जेठ।मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय समितिको निर्णय अनुसार विकास निर्माण , समाजिक सुधार र संगठन विस्तारगरि तीन उपसमिति गठन गरेको छ।

उपसमिति गठन गरेकोमा कोरोना भाइरस अर्थात कोभिड -१९ का कारणले विश्वव्यापी महामारीको अवस्था सिर्जना भएको सबैलाई अवगत नै हो।

त्यसको मध्यनजर गर्दै फोन , मेसेन्जर र भिडियो कन्फरेन्सको माध्यमबाट केन्द्रीय समितिको सर्वसहमतीले तीन उपसमितीमा सात-सात जना रहेको समितिमा संयोजक, सह संयोजक र पाँच जना सदस्य सहित २१ जनालाई जिम्मेवारी दिएको मधेश ईन्जिनियर्स एसोसिएसनका अध्यक्ष ई संजिव नारायण यादवले बताएका छ्न।

अध्यक्ष यादवका अनुसार संगठन बिस्तार कार्यसमिति संयोजकमा ओम नारायण यादव, सहसंयोजक तपेश्वर यादव,समितिको सदस्यीयमा स्तुति झा, रघुनन्दन ठाकुर, विकास ठाकुर, जितेन्द्र राय र रमेश कुमार यादव रहेका छन ।

त्यसैगरी विकास निर्माण कार्यसमिति संयोजकमा अविनाश कुमार मंडल, सहसंयोजकमा सितेश यादव, सदस्यमा तेजनारायण यादव, शैलेन्द्र यादव, रोशनी कुमारी झा, दयानन्द साह, बालबोध यादव रहेका छन ।

त्यस्तै समाजिक सुधार कार्यसमिति संयोजकमा मनिष प्रसाद केशरी, सहसंयोजकमा रवि पटेल र सदस्यहरुमा सफल कुमार साह, नितु राउत, नविन कुमार यादव, पल्लवी गुप्ता, मधुरेन्द्र कुशवाहा रहेको मधेश ईन्जिनियर्स एसोसिएसनका अध्यक्ष संजिव नारायण यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]