१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

मधेश ईन्जिनियर्स एसोसिएसनद्वारा ३ उपसमिती गठन

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

मनोज मोरबैता
जनकपुरधाम,१४ जेठ।मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय समितिको निर्णय अनुसार विकास निर्माण , समाजिक सुधार र संगठन विस्तारगरि तीन उपसमिति गठन गरेको छ।

उपसमिति गठन गरेकोमा कोरोना भाइरस अर्थात कोभिड -१९ का कारणले विश्वव्यापी महामारीको अवस्था सिर्जना भएको सबैलाई अवगत नै हो।

त्यसको मध्यनजर गर्दै फोन , मेसेन्जर र भिडियो कन्फरेन्सको माध्यमबाट केन्द्रीय समितिको सर्वसहमतीले तीन उपसमितीमा सात-सात जना रहेको समितिमा संयोजक, सह संयोजक र पाँच जना सदस्य सहित २१ जनालाई जिम्मेवारी दिएको मधेश ईन्जिनियर्स एसोसिएसनका अध्यक्ष ई संजिव नारायण यादवले बताएका छ्न।

अध्यक्ष यादवका अनुसार संगठन बिस्तार कार्यसमिति संयोजकमा ओम नारायण यादव, सहसंयोजक तपेश्वर यादव,समितिको सदस्यीयमा स्तुति झा, रघुनन्दन ठाकुर, विकास ठाकुर, जितेन्द्र राय र रमेश कुमार यादव रहेका छन ।

त्यसैगरी विकास निर्माण कार्यसमिति संयोजकमा अविनाश कुमार मंडल, सहसंयोजकमा सितेश यादव, सदस्यमा तेजनारायण यादव, शैलेन्द्र यादव, रोशनी कुमारी झा, दयानन्द साह, बालबोध यादव रहेका छन ।

त्यस्तै समाजिक सुधार कार्यसमिति संयोजकमा मनिष प्रसाद केशरी, सहसंयोजकमा रवि पटेल र सदस्यहरुमा सफल कुमार साह, नितु राउत, नविन कुमार यादव, पल्लवी गुप्ता, मधुरेन्द्र कुशवाहा रहेको मधेश ईन्जिनियर्स एसोसिएसनका अध्यक्ष संजिव नारायण यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]