२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

प्रत्येक वडामा क्वारेन्टाइन स्थापना गर्न वडा अध्यक्षहरुको माग

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१५ जेठ। प्रत्येक वडामा क्वारेन्टाइन स्थापना गर्न माग गर्दै जनकपुरधाम उप महानगरपालिकाका वडा अध्यक्षहरुले जिल्ला समन्वय समितिलाई ज्ञापन पत्र बुझाएका छन् ।

बिभिन्न वडाका अध्यक्षले सामूहिक रुपमै बुधबार वडा अध्यक्षलाई ज्ञापन बुझाएका हुन् । उनीहरुले महानगरपालिकाभित्र ५ सय बेडको क्वारेन्टाइन बनाउनुपर्ने र उप महानगरपालिकाका लागि मात्रै रियल टाइम पिसिआर मेसिन जडान गर्नुपर्ने माग राखेका छन् ।

यस्तै, जटही नाकाभित्र पालिकाका लागि आउनेलाई भोजन र यातायातको व्यवस्था गर्नुपर्नेमा पनि उनीहरुले जोड् दिएका छन् । यी मागहरु पूरा नभए रचनात्मक बिरोधका कार्यक्रम गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

वडा नम्बर १ का अध्यक्ष शत्रुद्यन साह, वडा नम्बर ५ का अध्यक्ष मनोज साह, २ का अध्यक्ष शिबकुमार साह, २२ का अध्यक्ष शिबरत्न पाण्डे, वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र कुमार साह, वडा नम्बर ६ का अध्यक्ष जगरनाथ साह, वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह, वडा नम्बर ९ का अध्यक्ष प्रमेश्वर साह, वडा नम्बर १० का अध्यक्ष मिथलेश कुमार कर्णसहितकाले ज्ञापन बुझाएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]