१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सरकारी अर्कमण्यताका कारण जटही नाकामा बिरेन्द्रको मृत्यु : डा.राउत

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

मनोज मोरबैता
जनकपुरधाम ,१५ जेठ। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सरकारी अर्कमण्यताका कारण धनुषाको जटही नाकामा एक युवकलाई ज्यान गुमाउनुपरेको बताएका छन् । उनले आफ्नो नागरिकप्रति प्रदेश र स्थानीय तह चिन्तित नदेखिएको आरोप लगाएका छन् ।

प्रदेश र स्थानीय सरकारको लापर्वाहीका कारण उनको मृत्यु भएको डा. राउतको भनाई छ । ‘कोरोनाको नाममा करोडौं रकम खर्च गरिरहेको सरकारले भनिरहेका छन्, तर खाना समेत नपाएर नागरिकको मृत्यु हुनु लज्जाको बिषय हो’ उनले भनेका छन् । डा. राउतले यो निन्दनीय घटना भएको बताए ।

स्थानीय सरकारलाई आफ्नो नागरिक आएको जानकारी दिइएपनि यातायात नपठाउनु दुःखद भएको उनले बताए ।

मृत्यु भएकालाई उचित क्षतिपूर्ती उपलब्ध गराउन उनले माग गरे । ‘आगामी दिनमा यस्तो गल्ती नहोस्, त्यसका लागि सचेत हुँदै सीमा नाकामा टेन्ट लगाएर खानाको व्यवस्था र यातायातको व्यवस्था गर्नु जरुरी छ’ उनले भनेका छन् ।

भारतबाट आउने क्रममा धनुषाको शहीद नगरपालिका ९ का ३० वर्षीय बीरेन्द्र यादवको बुधबार जटही सीमामा भोककै कारण मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]