१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

जनकपुर ७ का वडाध्यक्ष जानकी राम साहको ‘लुट’ धन्धा

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

मनोज मोरबैता
जनकपुरधाम,१५ जेठ । जनप्रतिनिधिनै भ्रष्टाचारमा लिप्त भएपछि अरुलाई के भन्न सकिन्छनै । अहिले दैनिक कुनै न कुनै जनप्रतिनिधि विभिन्न विषयमा भ्रष्टाचारमा लिप्त भएको समाचारहरु प्रकाशन प्रशारण भई रहेको वेला जनकपुरधाम उप–महानगरपालिका–७ का वडाध्यक्ष जानकी राम साह पनि पछि पर्न सकेका छैनन् ।

मिडियाहरुमा ठूल ठूला गप दिने वडाध्यक्ष साहले वडास्तरीय बजेट बाट बन्ने सडकहरुमा सोलिङ्गकोलागि चाहिने ईटा आफ्नै भट्टावाट ल्याउने गरेका छन् । वाडास्तरीय बजेटवाट हुने विकास निर्माणका अधिकांश काम कित उपभोक्ता समितिवाट हुने गरेका छन् कित कोटेशनवाटनै ।

टेण्डरमा जाने योजनाहरुलाई पनि उनले उपभोक्ता समिति बनाएर आफ्नो मान्छेहरु राखि आफु अनुकुल काम गराउने गरेका छन् । सडक निर्माण गर्नकालागि बनाइने उपभोक्ता समितिको काम समाजिक स्तरवाट हुनु पर्ने भए पनि उनले ठेक्केदार लगाई सो कार्यहरु गरि रहेका छन् ।

जनकपुरधाम उप–महानगरपालिका–७ माछा बजारको उत्तर पट्टि पश्चिम तिर भएर जिरोमाइल जानेवाटो अहिले निर्माण भई रहेको छ । जसको सोलिङ्ग इटले गरेको हेर्न सकिन्छ । त्योे ‘माँ’ इटा भट्टाको इटा रहेको छ । र ‘माँ’ इटाको प्रोपराइटर वडाध्यक्ष जानकी राम साह आफै हुन ।

वडाध्यक्ष साहले त्यो सडकमा मात्रै नभई वडा नम्वर ७ मा हुने अधिकांश विकास निर्माणको कार्यमा आफ्नै इटा भट्टावाट इटा ल्याएर विजनेश चलाउँदै आएका छन् । जानकी राम साहले दिने ठूल ठूला गप्प र उनको कार्यशैली भने एक अर्काको परिपुरक रहेको स्पष्ट हुन्छ ।

लक डाउनकै विच उनी अहिले दैनिक २५ भन्दा बढी ट्याक्टर भट्टावाट निकाल्ने गरेका छन् । प्रहरी प्रशासनलाई विकास निर्माणको कार्यकोलागि लगेको भनेर उनी अहिले हजार इटाको १४ हजार सम्म असुलि गरि रहेका छन् । इटा व्यवसायी जानकी राम साह वडाध्यक्षमा आएदेखिनै उनी माथि पटक–पटक आफ्नो इटा खरिद गर्न सर्वसाधारणलाई दवाव दिने गरेको आरोप लाग्दै आएका छन् ।

इटा खरिद गर्नकालागि कोटेशनको आवश्यक्ता पर्छ त्यो सव कागजमै सिमित गरेर उनी समाजसेवीको ढोङ्ग गर्दै आएका छन् । इटा व्यवसायी वडाध्यक्ष साहले वडाकार्यालयमा नक्सा पास गराउनकोलागि सिफारिस लिनेहरुलाई समेत ईटा आफ्नै भट्टावाट खरिद गर्नकालागि दवाव दिने गरेको यस भन्दा पहिला पनि आरोप लागि सकेका छन् ।

विश्वभरि फैलिएको कोरोना महामारीवाट आजिज जनकपुरधामवासीकालागि उनले आफ्नै वडाको विद्यालयलाई प्रयोग गरे । त्यस विद्यालयमा सयजनालाई राम्ररी राख्न सकिन्छ तर १०÷११ जनालाई राखेर ठूलो वाहवाही लुटि रहेका छन् ।-साभार : जनकपुर टुडे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]