०५ कार्तिक २०८२, बुधबार
22-10-2025 , Wed
×

पश्चिम रुकुम घटनाको विरोधमा परासीमा कोणसभा गरेपछि सिडिओलाई बुझाए ज्ञापनपत्र

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

न्यूजमधेश सम्बादाता
परासी, १५ जेठ । पश्चिम रुकुमको चौरजहारीस्थित सोतीमा जेठ १० गते भएको घटनाको विरोधमा परासीमा कोणसभा गरेपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

जिल्लाका दलित अगुवाहरुले परासीको बुद्धचोकमा आयोजित कोणसभा र प्रजिअलाई बुझाएको ज्ञापनपत्र मार्फत उक्त घटनाको निन्दा गरेका छन् । घटनाको निष्पक्ष छानविन गरी दोषीहरूलाई कानून सम्मत कारबाही गर्न नेपाल दलित मुक्ति संगठन पश्चिम नवलपरासी र नेपाल दलित संघ पश्चिम नवलरासीले जोडदार माग गरेका हुन् ।

संविधानसभा सदस्य दुलारी हरिजनले कोणसभालाई सम्बोधन गर्दै पाँच जना होनहार युवाको मृत्यु भएको र एक जनाको स्थिति अझै अज्ञात रहेको उक्त घटनामा कतिपयलाई कुटपिटसमेत गरिएको भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कडा कारवाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले जातीय छुवाछुत र भेदभाव अन्त्य गर्न माग गर्नुभयो ।

दण्डहीनताको निरन्तरता र कहालिलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरू वृद्धि भइरहेको भन्दै नेपाल दलित मुक्ति संगठनका नेता विर बहादुर विकले रुकुम पश्चिममा भएको दुर्दान्त घटनाका दोषीहरूमथि कारबाही नहुने हो भने मानवता पराजित हुने र अन्याय पुरस्कृत हुने बताउनुभयो ।

दलित अगुवा एव सुनवल नगरपालिकाका कार्यपालिका सदस्य अर्जुन सुनारले उक्त घटनाका दोषिलाई कारवाही नगरीए आन्दोलन देशव्यापी चर्काउने चेतावनी दिनुभयो । रुकुम पश्चिम घटनाका सन्दर्भमा यथासक्य अनुसन्धान प्रक्रिया अघि बढाई पीडितको सुरक्षा र न्याय तथा दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न नेपाल दलित संघका जिल्ला अध्यक्ष मोहन विकले माग गर्नुभयो । उहाँले यस घटनाको भत्र्सना गर्दै जातीय छुवाछुत विरुद्ध सवै दलित समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

संयुक्त दलित अधिकार मञ्चका अध्यक्ष गणेश विश्वकर्माले उक्त घटनाको निन्दा गर्दै आगामी दिनमा समाजमा यस्ता घटना दोहोरिन नदिन निर्मम तरिकाले कानूनको कार्यान्वयन गराई नेपालको संविधान र मानवअधिकारको पुर्ण ग्यारेण्टी गर्न माग गर्नुभयो । उक्त अवसरमा सुनवल–५ का वडाध्यक्ष थमनसिंह नेपाली, बर्दघाटका वडाध्यक्ष मोतिलाल सुनार, रामग्रामका वडा सदस्य तारा नेपाली लगायत दलित अगुवाहरुको सहभागिता रहेको थियो ।

जाजरकोट भेरीगङ्गा नगरपालिका वडा नं. ४ रानागाउँका महनलाल विश्वकर्माका छोरा वर्ष २१ का नवराज विश्वकर्मा र पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा नं. ८ का वीरबहादुर मल्लकी छोरी वर्ष २० कि सुष्मा मल्लबीच भएको अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर चौरजहारी नगरपालिका ८ सोतीमा हत्या, बेपत्ता र कुटपिट काण्ड भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]