१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

गणतान्त्रिक व्यवस्था आफैंमा उत्कृष्ट व्यवस्था हो : डा.राउत

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१५ जेठ । जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डा सीके राउतले आज १३औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गदै डा राउतले भने गणतन्त्र मधेशको रगतमै रहेको बताए ।

उनले दिदै भने २७०० वर्ष अगाडी जतिबेला अधिकांश विश्वलाई गणतन्त्र भन्ने थाहा पनि थिएन । त्यतिबेला मधेशमा वज्जि (वृजि) गणतन्त्र र जनताको आफ्नै शासन रहेको थियो।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ – ‘पटक–पटक त्यो गणतन्त्र र जनताको शासन राजा–रजौटा र सामन्तहरूद्वारा खोसिए पनि जनताले आखिर कहाँ छाड्छ र ? गणतन्त्र मधेशको रगतमै छ ।’

गणतन्त्रमा आम–जनताको छोराछोरी राष्ट्राध्यक्ष बन्न पाउँछन्, यो नै सबभन्दा ठूलो गर्व र अतुलनीय उपलब्धिको कुरा रहेको उनले बताए ।

‘कस्ता मान्छे बने र के गरे, त्यो तपाईं हाम्रो हातमा छ किनकि आखिर चयन गर्ने र गरेको त तपाईं हामीले हो । गणतान्त्रिक व्यवस्था आफैंमा उत्कृष्ट व्यवस्था हो। यो ’जनता जनार्दन’ भनाईको प्रतिमूर्ति हो ।’ डा.राउतले शुभकामना सन्देशमा लेखेका थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]