११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

मिथिला वाईल्ड लाइफ ट्रष्टद्वारा पर्साका गरिब बिपन्नलाई राहत

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

रंजित चौरसिया
वीरगंज, १५ जेठ ।पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं. ४ का गरिब तथा अतिबिपन्न घरपरिवारलाई मिथिला वाईल्ड लाइफ ट्रष्ट धनुषाधामद्वारा राहत वितरण गरेको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका लागि नेपाल सरकारले लकडाउन गरेको छ ।

लकडाउनमा दैनिक मजदुरी गरी खाने गरिब, अतिबिपन्न परिवार पूर्ण रुपले नराम्ररी प्रभावित भएको अवस्थामा मिथिला वाईल्ड लाइफ ट्रष्टले सामाजिक दुरी कायम गर्दै राहत वितरण गरेको छ ।

दलित अधिकारकर्मी मनोज राम ले पकाहाँ मैनपुर गाउँपालिका को वडा नं ४ मुसहर बस्तीको बारेमा मिथिला वाईल्ड लाइफ ट्रष्ट लाई जनकारी गराएपछि राहत वितरण गरिएको छ।

वडा नं. ४ का वडा अध्यक्ष ढेडी प्रसाद यादवको विशेष उपस्थितिमा खेस्राहा टोलका मुसहर बस्ती, वडाको विभिन्न टोलका गरिब तथा अतिबिपन्न ८५ घरपरिवारलाई बिहिवार राहत वितरण सम्पन्न भएको छ ।

भोजपुरी टाइम्स दैनिक पत्रिका तथा नेपाल युवा परिषद् पर्साको सहकार्यमा वितरण भएको राहतमा चामल, दाल, आलु, प्याज, खाने तेल, नुन, स्वाबिन, नुहाउने साबुन, हरियो तरकारीको प्याकेट प्रति परिवारालई वितरण गरिएको ट्रष्ट पर्सा प्रतिनिधि श्रवण प्रसाद साहले बताए ।

राहत सामग्री पाउँदा मुसहर बस्तीका स्थानियहरुको मुहारमा खुसी देखिएको छ ।हुन त पहिला पनि वडा कार्यालय तथा प्रदेश सरकारबाट राहत वितरण गरेकै हो तर त्यतिले कति दिनसम्म घर खर्च टार्न सकिन्छ भन्दै स्थानिय श्यामबाबु रामले भने यस संस्थाले राहत वितरण गरेकोमा धन्यबाद दिदै अझ केही दिनसम्म आफुहरुलाई खान पुग्ने भयो भन्दै खुसी व्यक्त गरे ।

राहत वितरण कार्यक्रममा भोजपुरी टाइम्स दैनिक पत्रिकाका प्रकाशक अजय कुमार चौरसिया, मिथिला वाइल्ड लाइफ ट्रष्ट बारा का प्रतिनिधि राजेश प्रसाद कुशवाहा, नेपाल युवा परिषद् पर्सा का सचिव मुकेश कुमार चौरसिया, संचारकर्मी बिन्दु भुषण साह, दिपक चौरसिया, रंजित चौरसिया लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]