०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

जनकपुरधामले पीसीआर मेसिन खरिद गर्ने

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१५ जेठ । कोरोना भाईरस संक्रमण परीक्षण गर्नको लागि जनकपुरधाम उपमहानगरपालिकाले पीसीआर मेसिन खरिद गर्ने भएको छ । बुधबार बसेको विपद् व्यवस्थापन समतिको बैठकले कोरोना भाइरस परीक्षण गर्नको लागि पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको हो ।

समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख लाल किशोर साहको अध्यक्षतामा बसेको बैठकले पीसीआर मेसिन खरिद, कर्मचारीलाई १०÷१०लाखको विमा, देश बाहिरबाट आएकाहरुका लागि १४ देखि २१ दिन सम्म क्वारेन्टाइनमा राख्ने, आवश्यकता अनुसार थप क्वारेन्टाइन बनाउने,विद्यालय खोल्नु अगाडी सम्पूर्ण विद्यालयलाई स्यानिटाइज गरि मास्क उपलव्ध गराउने,कर्मचारीलाई जोखिम भत्ता दिने लगायतको निर्णय गरेको छ ।

विपद्को बेलामा पनि कर्मचारीहरु समयमा आउने र कार्य सम्पादनलाई निरन्तरता दिएकोमा बैठकले उनीहरुलाई धन्यवाद ज्ञापन गरे ।

भोलीका दिनमा कर्मचारीहरुलाई केहि भयो भने उनका परिवारको सहारा को बन्ने ? यस्तो विपद्को वेलामा कर्मचारीहरुलाई कम्तिमा १०÷१० लाखको विमा गरिदिने माग गरिएको थियो ।

जनकपुरधाम उप–महानगरपालिकाले अहिले गोपालधर्मशालामा क्वारेन्टाइन सञ्चालन गर्दै आई रहेको छ ।वैठकमा उपस्थितहरुले क्वारेन्टाइन थप्नुपर्ने सुझाव समेत दिएका थिए ।

तर, जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले आफै क्वारेन्टाइनको स्थान खोजि गर्दै छन् । उनले मंगलवार गणेश पार्टी पैलेसको अवलोकन गरेका थिए । त्यहा पनि राम्रो हुने बताइए पनि त्यो भन्दा पनि उपयुक्त स्थानको खोजि गर्दै छन् ।

भारतबाट नेपाल फर्किने क्रम बढ्दै गएपछि जनकपुरधाम उप–महानगरपालिकाले वडा वडामा क्वारेन्टाइन खोल्ने भएको छ । वडाहरुमा क्वारेन्टाइन र आफ्नै पीसिआर मेसिन भएपछि ठूलो संख्यामा क्वारेन्टाइन गर्ने भयावह स्थिति आउने भएकाले दुवै काम छिटो गर्ने भएको छ ।

जटही नाकाबाट जेठ ४ गते ६१ जना, जेठ ५ गते ६९ जना, जेठ ६ गते ३६ जना, जेठ ७ गते ८१ ज्ना, जेठ ८ गते ६० जना, जेठ ९ गते २०७ जना, जेठ १० गते ११३ जना, जेठ ११ गते २०७ जना, जेठ १२ गते २८८ जना गरि जम्मा ११ सय २२ जनालाई नेपाल प्रवेश गराइएको छ ।

बुधबार एक जनाको मृत्यु पछि एक हजार भन्दा बढीको संख्यामा सर्वसाधारण नेपाल प्रवेश गरेको अनुमान गरिएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]