१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

धनुषाको जटही र खजुरी नाका बन्द

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१६ जेठ । भारतमा रहेका नेपालीलाई ल्याउन भन्दै गत जेठ ४ गतेदेखि खुल्ला गरिएका सीमा नकाकाहरु बन्द गरिएको छ । धनुषाका समेत जटही र खजुरी नाका बन्द भएको छ ।

सरकारको यो निर्णयसँगै प्रदेश २ का सात वटा सिमा नाकाबाट मात्रै नेपाली आउने भएका छन् । प्रदेशको सप्तरीस्थित कुनौली नाका, सिरहास्थित ठाडी र माडर, महोत्तरीको भिठामोड, सर्लाहीको मलगंवा, रौतहटको गौर र पर्साको बीरगंज नाकाबाट मात्रै नेपाली भारतबाट आउने भएका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नेपाल सरकारको जेठ १२ गते मन्त्री परिषद्को बैठकले यो निर्णय भएको जानकारी दिएका छन् ।

उनका अनुसार स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी सरकारको नयाँ निर्णय आएको हो ।

सरकारको यो निर्णय अनुसार प्रदेश १ को पशुपतिनगर, काँकडभिट्टा र मोरंगको रानी नाकाबाट मात्रै नेपाली आउन पाउने भएका छन् ।

प्रदेश ५ को नवलपरासी पश्चिमस्थित महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कपिलवस्तु र कृष्णनगर, बाँकेको जमुनाहा, बर्दियाको सुरतपुर, सुदुर पश्चिम प्रदेशको कैलालीस्थित गौरीफन्टा, कंचनपुरको गठा चौकी, बैतडीको तुलाघाट र दार्चुलाको दार्चुला सीमाबाट मात्रै नेपाली आउन सक्नेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]