११ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
×

राजपाको संविधान संशोधनका मुद्दाहरु यस्तो छ !

Logo
प्रकाशित शनिबार, जेठ १७, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१७ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन गर्नका निम्ति सूची बनाएको छ । संविधान संशोधनको प्रस्ताव तयार गरेर संघीय संसदको सचिवालय पुगेपनि शुक्रबार दर्ता भएन् ।

राजपाले संविधानको ८ वटा धारालाई संशोधन गर्नुपर्ने विधेयक तयार पारेको छ । विधेयकमा संविधानको धारा ६, ७, ११, ८६, २१५, २७४, २८७ र २८७ कै बिभिन्न उपधाराहरु संशोधन गर्नुपर्नेमा जोड् दिएको छ ।

संविधानको धारा ६ मा नेपालको संविधान (यसपछि संविधान भनिएको) को धारा ६ को अन्त्यमा ‘नेपाल सरकारले भाषा आयोगको सिफारिसमा सबै मातृ भाषाहरुलाई संविधानको अनुसूचीमा समावेश गर्नेछ’ भन्दै संशोधन गर्नुपर्ने भनिएको छ ।

संविधानको धारा ७ को उपधारा (२) पछि ‘भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरिएका भाषाहरुलाई संविधानको अनुसूचीमा समावेश गर्नेछ’ भनी उल्लेख गर्नुपर्ने भनिएको छ ।

संविधानको धारा ११ को उप धारा (६) को सट्टा देहायको उपधारा (६) मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कार्वाही चलाएपछि संघीय कानून बमोजिम नेपालको वैवाहिक अंगीकृत लिन सक्ने उल्लेख गर्न भनिएको छ ।

संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) मा ‘प्रदेश सभाका सदस्य रहेको निर्वाचन मण्डलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा एक जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित तीन जनाका दरले २१ जहाँ प्रत्येक प्रदेशको जनसंख्याको अनुपातमा संघीय कानून बमोजिम निर्वाचन हुने ३५ जना गरी ५६ जना तर प्रदेशबाट ३५ जना सदस्य निर्वाचन गर्दा सम्बन्धित प्रदेशको जनसंख्याको अनुपातमा कम्तीमा १४ जना महिला समेतको प्रतिनिधित्व हुने गरी निर्वाचित गरिनेछ’ भनी उल्लेख गर्न भनिएको छ ।

संविधानको धारा २१५ को उपधारा (९) मा रहेका उपधारा ७ भन्ने शब्दहरुको सट्टा उपधारा ८ भन्ने शब्दहरु राख्नुपर्ने राजपाको माग छ ।

संविधानको धारा २७४ को (१) उपधारा (४) ‘पेश भएको विधेयक देहायको बिषयसँग सम्बन्धित भएमा सम्बन्धित सदनको सभामुख वा अध्यक्षले त्यस्तो विधेयक सदनमा पेश भएको ३० दिनभित्र सहमतिका लागि प्रदेशको सिमाना परिवर्तनको बिषय भए त्यसरी सिमाना परिवर्तन हुने सम्बन्धित सबै प्रदेशको प्रदेशसभामा पठाउनुपर्नेछ’ उनी उल्लेख गरिदिन राजपाले माग गरेको छ ।

धरा २७४ कै उपधारा ५ मा रहेका संघीय संसदमा भन्ने शब्दको सट्टा संघीय संसदमा सम्बन्धित सदनमा भन्ने शब्दहरु राखिनुपर्ने, उपधारा (७) मा रहेको अवधीभित्र भन्ने शब्दपछि उपधारा (४) को खण्ड (क) बमोजिमको बिषयमा सम्बन्धित कुनै एक प्रदेश सभा र खण्ड (ख) बमोजिमको बिषयमा भन्ने शब्दहरु संशोधन विधेयकमा थपिएको छ ।

उपधारा (८) मा रहेका उपधारा (५) बमोजिम भन्ने शब्दहरुको सट्टा उपधारा (४) का खण्ड (क) बमोजिमको बिषयमा सम्बन्धित सबै प्रदेश सभा र खण्ड (ख) बमोजिमको बिषयमा भन्ने शब्दहरु राखिएका छन् ।

संविधानको धारा २ सय ८७ को उपधारा (६) को खण्ड (क) पछि ‘धारा ६ बमोजिमको नेपालमा बोलिने सबै मातृभाषाहरुको सूची तयार गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने’ थप्न भनिएको छ ।

संविधानको धारा २७८ क थप संविधानको धारा २८७ पछि संघीय आयोगको गठन, प्रदेशको संख्या तथा सिमांकन हेरफेर सम्बन्धी बिषयमा सिफारिस गर्न नेपाल सरकारले एक संघीय आयोग गठन गर्न सक्नेछ भनी थप्न भनिएको छ ।

उपधारा (१) बमोजिमको आयोगको कार्यदेश तथा कार्यविधी त्यस्तो आयोग गठन गर्दा नेपाल सरकारले निर्धारण गरे बमोजिम हुने भनी उल्लेख गर्न राजपाले संविधान संशोधन गर्न भनेको छ । -जनकपुर टुडे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]