१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

जनकपुरधामबाटै १ ट्रक मदिरा बरामद, एक पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ १७, २०७७

मनोज मोरबैता
जनकपुरधाम ,१७ जेठ ।
कोरोना संक्रमण बढिरहँदा धनुषामा लुकाएर मदिरा बेच्ने काम जारी छ । पछिल्लो पटक धनुषा प्रहरीले एक ट्रक मदिरा नियन्त्रणमा लिएको छ ।

लक डाउनको उल्घन गरी ना. २ ख. ८२७९ नम्बरको ट्रकमा अबैध रुपमा मदिरा लोड गरी जनकपुरधाम उप–महानगरपालका ७ माछा बजार नजिकै रोकिएको पाइएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

ट्रकमा लोड गरिएको बिभिन्न ब्राण्डको मदिरा लुकाएर गोदाममा राख्ने तयारी भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

ट्रकमा अन्दाजी रु १३ लाख २० हजार बराबरको मदिरा रहेको धनुषा प्रहरीले जनाएको छ ।

उक्त ट्रकसहित मदिरा मगाउने जनकपुरधाम ४ का ३६ बर्षीय उमेश मण्डललाई समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा पठाईएको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]