२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

मधेशीलाई अपमानित गरेको टिभीलाई कारवाही नगरेपछि सडक तताउने चेतावनी : अध्यक्ष यादव

Logo
प्रकाशित आइतबार, जेठ १८, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१८ जेठ । “कृषि टिभि” नामक टेलिभिजनबाट नियमिति सञ्चालन भईरहेको “कोरोना बिर्साउने गफगाफ” कार्यक्रममा मधेशी जनतालाई अपमान गरेको टिभीलाइ कारवाही नगरेपछि सडक तताउने विद्यार्थी जनमत संघका अध्यक्ष पोषण कोमार यादवले चेतावनी दिएको छ ।

विद्यार्थी जनमत संघले जेष्ठ ८ गते देखि नै निरन्तर कृषि टेलिभिजनलाइ कारवाही गर्न माग गर्दै आइरहेको छ ।संघका पुर्व घोसित कार्यक्रम अनुसार शनिवार १० औं दिन प्रधानमंत्री केपी ओली शर्मा र गृहि मंत्री र्रमबहादुर थापा ,संचारमन्त्रीसहितका मंत्रीहरु पुतला जलाएको विद्यार्थी जनमत संघका अध्यक्ष पोषण कुमार यादवले बताए ।

उक्त टेलिभिजनलाई कारवाहीको माग गर्दै आएको विद्यार्थी जनमत संघले तराइ मधेशका जिल्ला सहित काठमाण्डू ,पोखरा सहित विभिन्न स्थानमा पुतला जलाएको हो ।

अध्यक्ष यादवका अनुसार बिगत दश दिन देखी बिभिन्न प्रकारले सामाजिक संजालबाट प्रतिकृयात्मक प्रदर्शन गर्दै आइरहेको विद्यार्थी जनमत संघले हाल सम्म पनि उक्त टेलिभिजनलाई कारवाही नगरिएको भन्दै गृह मन्त्रीको पुतला दहन गरेको बताएको छ ।

गत जेठ ६ गते “कृषि टिभि नेपाल” नामक टेलिभिजनबाट नियमिति सञ्चालन भईरहेको “कोरोना बिर्साउने गफगाफ” कार्यक्रममा मधेशी जनतालाई अपमान गरि प्रशारण भएको एपिसोडमा प्रयोग गरिएको शब्द तथा सांकेतिक हाउभाउले मधेशी बर्गको खिल्ली उडाएको तथा मधेशी समुदायलाई अपमानित गरेको, सो प्रस्तुतिले मधेशी समुदायलाई होच्याएकोले उक्त टेलीभिजनलाई कारवाहीको माग गरेका अध्यक्ष यादवले बताउनु भयो ।

त्यसै गरि यता जनमत पार्टी रुपन्देहीका युवा नेता संजय मिश्रले सो कार्यक्रमले मधेशी जनता माथि रंगभेद, विभेद, दमन, अश्लील शब्द प्रयोग गरेको हुनाले टिक टक लगायतका सोसल मिडियाहरुमा समेत मधेशी जनता माथि रंगभेद, विभेद, अश्लील शब्द, अपमान, गालि गलोज जस्ता प्रतृकिया बढ्दै गएकोले दोषिलाई कारवाहीको मांग गर्दै आज दशौ दिन पनि गरेको बताए ।

लक डाउनका बाबजुत पनि रुपन्देही जिल्लाका मायादेवी गाउँपालिका, लुम्बिनी सास्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कोटहीमाई, मर्चवारी, सम्मरीमाई गाउँपालिका लगायतका दर्जनौ स्थानमा बिरोध प्रर्दशन र पुतला दहन कार्यक्रम विद्यार्थी जनमत संघ रुपन्देहीले गरेको जनमत पार्टी रुपन्हेहीका इन्चार्ज रामकेश गुप्ताले जानकारी दिएको छ ।

बद्यिार्थीहरुले प्रर्दशन गरेपछि गृहमन्त्री, सञ्चार मन्त्री, प्रेस काउन्सिल बिरुद्ध नाराबाजी गर्दै कृषि टेलीभिजनलाई कारवाहीको माग गरेका थिए । प्रदर्शनकारीहरुले तत्काल नेपाल सरकारले विद्यार्थी जनमत संघको शान्ति पूर्ण र सांकेतिक आन्दोलनलाई नसुनेमा आफुहरु सडक आन्दोलनमा होमिने ईन्चार्ज गुप्तले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]